मुक्तिनाथ विकास बैंक र गुड कर्मा रेसिडेन्सीबीच सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र(एमओयू) मा हस्ताक्षर भएको छ।
महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई आवास कर्जा उपलव्ध गराउने गरी बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार बेस रेट ०.२५ प्रतिशत प्रिमियममै आवस कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ।
सम्झौताले कर्मा रेसिडेन्सिजका आवासीय परियोजनाका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ।
कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्पत्तिको मूल्यांकन, कानुनी तथा प्राविधिक परीक्षण र बैंकको प्रचलित नीतिअनुसार उपलब्ध हुनेछ।
साथै, मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा एसएमई लगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको छ।