बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार ५ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३९ वटा धितोपत्रको एक करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाको घटेको छ। यस्तै, १६ कम्पनी स्थिर छन्।
धैलागिरी लघुवित्तको मूल्य सर्वाधिक १२.४३ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २४८ रूपैयाँ पुगेको छ।
यस्तै, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ६.४४ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७९३ रूपैयाँ कायम भएको छ।
यसदिन हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य सर्वाधिक २.९७ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य ५८८ रूपैयाँ पुगेको छ।
यसैगरी, सानिमा लार्ज क्याप फण्डको मूल्य २.९५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ २० पैसामा सीमित भएको छ।
बिहीबार सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४४७ रूपैयाँमा ३३ करोड ६२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.७१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ६८५ रूपैयाँमा २७ करोड २६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको बढेको छ।
यसमध्ये जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशतले बढेको छ।