एनएमबी बैंकले 'नेपाल फिनटेक एक्सपो २०२६' को अवसरमा र्यापिड टेक प्रा. लि सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ।
व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो।
यस सहकार्यपछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले चाडै नै आफ्नो बैंकिङ प्रणालीभित्रै रही रकम भुक्तानी, हिसाब मिलान र बैंकिङ कारोबारहरू तुरुन्तै गर्न सक्नेछन्।
त्यसैगरी, साना तथा मझौला ग्राहकहरूले पनि व्यापारिक केन्द्रहरू तथा विभिन्न डिजिटल प्लेटफर्महरूमा अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवाहरू प्राप्त गर्न सक्नेछन्।
निकट भविष्यमा सञ्चालनमा आउने यस सुविधाले अनावश्यक झन्झट हटाई ग्राहकहरूको समय बचत गर्नुका साथै वित्तीय कारोबारलाई अझ सरल बनाउन मद्दत पुर्याउनेछ।
बैंकले हाल १९७ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय बैकिङ सेवा प्रदान गदै आइरहेको छ।