कुमारी बैंकको २६औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।
सभाले सामान्य प्रस्तावको रूपमा पेश गरिएको आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक २०८२/८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरेको छ।
साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत (करसहित) लाभांश पारित गरेको छ।