बिहीबार पनि नेप्से परिसूचक बढेको छ।
नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढ्को छ।
बुधबार ४ अर्ब १३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४९ वटा धितोपत्रको एक करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्।
बेनी हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३१३ रूपैयाँ ९० पैसा पुगेको छ।
यस्तै, हिमालय एभरेस्ट इन्स्योरेन्सको मूल्य ६.३५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ४६२ रूपैयाँ कायम भएको छ।
यसदिन एसबिएल डिबेन्चर २०८९को मूल्य सर्वाधिक ३ प्रतिशतले घटेको छ।
उक्त डिबेन्चरको मूल्य एक हजार ४५५ रूपैयाँ पुगेको छ।
यसैगरी, लक्ष्मी भ्यालु फण्ड२ को मूल्य २.८४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ २३ पैसामा सीमित भएको छ।
बिहीबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २३८ रूपैयाँमा २३ करोड ६१ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.४९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपी पावर रहेको छ। उक्त कम्पनीको ३४३ रूपैयाँमा २२ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको बढेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले बढेको छ।