सन् २०१० देखि निरन्तर बढीरहेको एयरलाइन्सहरुको नाफा यो वर्ष केही घट्ने भएको छ। संसारभरका एयरलाइन्सहरुले नाफा यो वर्ष केही खुम्चिने प्रक्षेपण गरिएको छ।
अपरेटरहरुको संस्था इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन(आइटा)ले नाफा खुम्चिने प्रक्षेपण गरेको हो।
आइटाका अनुसार सन् २०१९ मा २८ अर्ब अमेरिक डलर नाफा हुने हुने छ। यो भनेको प्रतियात्रु ६ डलर हो। सन् २०१८ मा ३० अर्ब डलर नाफा आर्जन भएकाे थियाे।
आइटाले आफू आबद्ध अपरेटरहरुको मात्रै नाफाको प्रक्षेपण गरेको हो।
पछिल्लो समय निरन्तर नाफा बढेको भए पनि इन्धनको मूल्यमा बृद्धि, यात्रुको संख्यामा ठूलो बृद्धि नहुनुजस्ता कारणले नाफा केही खुम्चिने अवस्था आएको आइटाका उपाध्यक्ष एलेक्स पोपोभिचले बताएका छन्।
उनले ट्रेड वार र भु-राजनीतिक तनावको कारण पनि एयरलाइन्स ब्यापार केही संकुचित हुन पुगेको बताएका छन्।
यस्तो अवस्थामा एयरलाइन्स ब्यापारको दिगो विकास र प्रविधिको प्रयोगका बारेमा छलफल गर्न आइटाले विशेष सम्मेलन गर्ने घोषणा गरेको छ।