वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा बिहीबार दुई फर्मलाई कारबाही गरेको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरेको जनाएको छ।
विभागका अनुसार काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जमकटेल फर्मालाई दुई लाख पाँच हजार रूपैयाँ जरिवाना गरेको छ।
त्यस्तै, सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित 'ख्वप मिनी हार्डवेयर लाई २० हजार रूपैयाँ जरिवाना गरेको छ।
अन्य विभिन्न ११ फर्महरूलाई भने उपभोक्ता अधिकारसम्बन्धी प्रावधान पालना गर्न निर्देशन दिइएको छ।
तीमध्ये काठमाडौं, ललितपुर, भक्तपुर तथा दक्षिणकाली क्षेत्रका किराना, हार्डवेयर, ग्यास उद्योग लगायतका व्यवसाय समेटिएका छन्।
विभागले बजारमा उपभोक्ता ठगी रोक्न नियमित अनुगमनलाई तीव्रता दिने र नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
