गएको असोज महिनामा चिनियाँ लगानीकर्ताले नेपालमा ३२ उद्योग दर्ता गरेका छन्। उद्योग विभागका अनुसार महिनाभर विदेशी लगानीका ३६ उद्योग दर्ता भएकोमा चिनियाँका मात्र ३२ दर्ता भएका हुन्।
चिनियाँ लगानीकर्तामध्ये अधिकांसले नेपालमा होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि विभागमा उद्योग दर्ता गराएका हुन्।
असोजमा कूल २ अर्ब १७ करोड विदेशी लगानीका उद्योग दर्ता भएका छन्।
दर्ता भएकामध्ये एउटामात्र निर्माणसँग सम्बन्धित कम्पनी छ। बाँकी सबै होटल तथा रेष्टुरेन्ट रहेका छन्।
त्यस्तै जापान, र पाकिस्तानी लगानीकर्ताले १/१ ओटा कन्स्ट्रक्सन कम्पनी दर्ता भएका छन्। बेलायती लगानीकर्ताले नै एउटा स्पा कम्पनी र अर्को बिजनेस कम्प्लेक्स निर्माण तथा सञ्चालनका लागि उद्योग दर्ता गराएका छन्।
असोजमा विभागमा कूल २ अर्ब १७ करोड लगानीका उद्योग दर्ता भएका छन्।