चैत ११ बाट लकडाउन सुरु भएसँगै छोटो तथा लामो दुरिको यातायात र हवाईजहाज उडान बन्द छ्न्। यो प्रतिकुल समयमा बिरामीहरुको उद्दारमा हेलिकप्टरको भुमिका महत्वपूर्ण भएको छ।
लकडाउनको यो अवधिमा प्रभु हेलिकप्टरको सोमबारसम्म चार उडान भएका छ्न्। सबै उडान बिरामीको उद्दारका लागि गरिएको प्रभु हेलिकप्टरका डेपुटी जनरल मेनेजर नोबेलकुमार राजलवटले बताए।
उद्दारकालागी सरकरी प्रक्रिया पूरा गरेर उडान गर्नुपर्ने भए पनि सरकारी समन्वय राम्रो भएकोले काम गर्न सजिलो भएको राजलवटको भनाइ छ।
मुटुको बिरामीको उपचारका लागि बिराटनगरबाट काठमाडौ गंगालाल हस्पिटल, पोखराबाट काठमाडौं ह्याम्स हस्पिटलमा मुटुकै बिरामिको उपचारका लागि उद्दार उडान गरिएको राजलवटले जानकारी दिए।
रामेछापको उमाकण्डा गाउँपालिकामा राहतको लागि खाद्यान्न बोक्दै गर्दा ट्याक्टर दुर्घटना भइ घाइते भएकाको काठमाडौ वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचारका लागि उद्दार गरिएको थियो।
त्यस्तै अर्को उडान म्याग्दिको गुर्जाबाट पोखरासम्म बिरामिकै उद्दार गरिएको बताइएको छ।