जेठ २५ गतेभित्रै कर बुझाउनु पर्ने आन्तरिक राजश्व विभागको सूचना संसोधन गर्न अर्थमन्त्रालय तयार भएको छ।
आज नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रालयका सचिवले जेठ २५ का लागि भनेर तोकिएको मिति सार्ने बचन दिएका छन्।
असारसम्म मिति सार्ने प्रतिबद्धता दुई सचिवले गरेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।
'असार कति गते भन्ने त भन्नुभएको छैन। जेहोस असारसम्म मिति सार्नुपर्छ भन्ने हाम्रो मागमा उहाँहरु सहमत हुनुभएको छ' राणाले भनिन्।
अहिले व्यापार व्यवसाय सबै ठप्प भएको अवस्थामा कर तिर्ने अनिवार्य गरेर समयसीमा तोक्न नहुने भन्दै महासंघले स्वेच्छिक बनाउन सरकारसँग माग गरेको छ।