नियमित व्यावसायिक उडान भदौ १६ सम्म बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार उडान बन्द गराउने सूचना जारी गरेको छ।
यसअघि भदौ १ गतेदेखि उडान खोल्ने निर्णय गरिएपनि सरकारले फेरि बीचमा निर्णय उल्टाएको थियो।
सरकारले भदौ मसान्तससम्म अन्तर्राष्ट्रिय नाका नखोल्ने निर्णय गरेपनि प्राधिकरणले भदौ १६ सम्मको सूचना जारी गरेको छ।