दराज सहयात्री कार्यक्रममा ८ हजार साना र मध्यम उद्यमहरू (एसएमइ) सहभागी भएका छन्। जसमध्ये
२१ सय भन्दा बढी एसएमइहरु दराजमार्फत व्यवसाय सन्चालन गर्न सफल भएको बताइएको छ। बाँकी सन्चालनमा आउने प्रक्रियामा छन्।
उक्त कार्यक्रमअन्तर्गत दराजले चार महिनाको कमिसन शूल्क हटाएर विक्रेताहरुलाई निःशूल्क ग्राहकको पहुँचमा पुर्याएको छ।
यससँगै दराजले एसएमइहरुलाई निःशुल्क व्यवसाय परामर्श र दराज युनिभर्सिटीमार्फत इकमर्स शिक्षा र प्रशिक्षण प्रदान गरेको थियो।
'सहयात्री मार्फत हामीले जति सहयोग पुराउन सकेको छौँ त्यसप्रति हामी खुसी छौँ। अझै धेरै कामहरु गर्न बाँकी छन्। एसएमइ क्षेत्रलाई झन् बढी सहयोगको आवश्यकता छ। हामी साना व्यवसायहरुको सशक्तिकरणको कार्य जारी राख्नेछौं,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।
अहिले दराजमा ६००० भन्दा बढी विक्रेताहरू आवद्ध छन्। ५ लाख भन्दा बढी उत्पादनहरू उपलब्ध छन्।