प्रभु हेलिकप्टर प्रालिले भित्र्याएको नयाँ एयरबस हेलिकप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको छ।
प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर नयाँ एयरबस हेलिकप्टर ल्याउने निर्णय गरेको थियो। सो बमोजिम चैत ११ गते काठममाडौं आइ पुगेको थियो तर कोभिड–१९ का कारण औपचारिक प्रकृया ढिला भएको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले बताए।
कल साइन ९ एन–एनएलई रहेको हेलिकप्टरको ६ वटा सिट क्षमता छ । धेरै उचाइसम्म राम्रो काम गर्ने यो हेलिकप्टर नेपाली भूभागको लगि योग्य हेलिकप्टर रहेको राजलवटको दाबी छ।
हेलिकप्टर थप भए सँगै नयाँ गन्तव्यहरूमा समेत उडान गर्ने योजना रहेको बताइएको छ।
हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकीय उडान गर्दै आएको प्रभु हेलिकप्टरले पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोकलको सेवा दिँदै आएको छ।
नयाँ हेलिकप्टरले काठमाडौंमा आधारित रहेर १४ हजार फिट भन्दा माथि सगरमाथा आधार शिविर, लाङटाङ, गोसाइकुण्ड, दामोर कुण्ड, माथिल्लो मनाङरमुस्ताङ र तिलिचो ताल लगायतका गन्तव्यमा उडान भर्ने राजलवटले बताए।