दशैं तिहारलाई लक्षित गरी इ-फार्मले भर्चुअल खसी मेला आयोजना गरेको छ। उपभोक्ताले इ-फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी तथा च्याङग्रा छनोट गरी अर्डर गर्न सक्नेछन्।
उपभोक्ताले बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फोन गरेर खसी तथा च्याङ्ग्रा अर्डर गर्न सक्ने कम्पनीले बताएको छ। असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म हुनेछ।
कोरोना भाइरस संकटका कारण बजारमा गएर खसी किन्न जाँदा जोखिम हुने भएकाले भिडिओ कलमै उपभोक्ताले खसी छान्ने, तौल हेर्न सकिने, खसीको रङसमेत छान्न सकिने फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताए।
उनकाअनुसार उपभोक्ताको मागअनुसार खसी जिउँदै वा काटेर सफा गरेर डेलिभरी गरिने छ।
ग्राहकले ई फार्मको वेबसाइटबाट वा ९८०१८५५५०५ मा फोन गरेर पनि अर्डर गर्न सक्नेछन्।
फार्मबाट खसी किन्ने एनआइसी एसिया बैंकका प्रयोगकर्ताहरुले ५ प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउनेछन्। त्यस्तै जिउँदो खसी, च्याङ्ग्रा र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले ३ केजी भन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने कम्पनीले बताएको छ।
उपभोक्ता फार्ममै आउन चाहेको खण्डमा सामाजिक दुरी कायम गरेर एक÷एक जनालाई मात्र फार्म प्रवेश गराइने व्यवस्था गरेको उनले बताए।
करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ। गत वर्ष खसी र च्यांग्रा बिक्री गर्दै इ फार्म सुरु भएको थियो।
त्यसपछि उनीहरु अन्य कृषि उत्पादनहरुलाई थप्दै सेवा विस्तार गरिरहेका छन्।