मंगलबार सुनको मूल्य तोलामा चार सयले बढेरे ९२ हजार पुगेको छ। सोमबार सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर १२ सय ४५ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७, ०१:१०:५७