नेपाली बजारमा आज (बिहीबार) पनि सुन-चाँदीको भाउ घटेको छ।
बुधबार तोलामा दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।
बुधबार प्रतितोला चार हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ३५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय २० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।