नेपाली बजारमा आज (आइतबार) पनि सुन-चाँदीको भाउ बढेको छ।
बिहीबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।
शुक्रबार तोलामा तीन हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ तोलामा दुई हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४८ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार प्रतितोला तीन हजार एक सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार दुई सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।