सरकारले मध्य पहाडी लोकमार्ग आसपासका १२ स्थानमा पहिचानयुक्त सहर स्थापना गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा ती सहरहरूको विकासका लागि जग्गा विकास र पूर्वाधार निर्माण गरिने बताएका छन्।
यस कार्यक्रमका लागि सरकारले १ अर्ब ८३ करोड रूपैयाँ विनियोजन गरेको छ।
मध्य पहाडी लोकमार्ग आसपास विकसित गरिने यी सहरहरूले क्षेत्रीय सन्तुलित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।