एउटा जीउँदो नरपीचास,
सभ्य समाजमा बदनामी बन्दै भोकाएको जुकाझैं नारीको
अस्मितामाथि सल्बलाउँदा
पुरुषले पुरूषकै अस्तित्व
धारमा ढल्पलाइदिएकै बेला
छोरी,
किन तिमीले लिङ्ग परिवर्तन गर्न चाह्यौं,
किन आफ्नै बाबालाई लाचार बनायौं।
छोरी म आमा,
तिमी जस्तै छोरी जन्माउने आमा
म खप्नै सक्दिनँ
म दब्नै सक्दिनँ
म सहनै सक्दिनँ
म सोच्नै सक्दिनँ
आज तिम्रो निरिहतामा साथ दिन
प्रकृतिले दिएको सृष्टीलाई
उदांग पार्दै
आफूले आफ्नै बचश्व गिराउन।
छोरी तिमीलाई थाहा छ, सिंहमाथि सबार मर्दिनी
महिषासुरलाई छप्काउने
सत्य युगकी दुर्गादेवीकी स्वरूप हौ तिमी
कति लुकाउँछौ कुन्ठित पार्दै,
तिम्रा शक्ति र खुबीहरू
आउ तिमी भित्रका द्वन्द्वहरू प्रस्फुटन गर
कराँते र कम्फूका चालहरूमा
अस्तित्वको संघर्षका ढालहरूमा
संगाल्दै जान सिक आँटका बिम्बहरू
जिउॅदै लुछ्ने ब्वासाहरूको
छिदालीदेउ उन्कै लिंगहरू।
तर
होइन भन्ने होइन
होइन गर्ने होइन
छोरी तिमीले लिंग परीवर्तन
फूलमा अत्तरै छरे पनि
बास्ना फूलकै आउँछ
तिम्रो नारीत्व, मातृत्व
लिंग परीवर्तन गरेनी रहिरहन्छ
त्यसैले,
निकाल तिम्रा शक्तिका ज्वालाहरू
उठाउ आत्मरक्षाका भालाहरू
तिमी छोरी हौ, छोरी नै भएर बाँच्नुपर्छ।
(बाबा म लिंग परिवर्तन गर्न चाहन्छु पढेपछि)