रहर गर्दा म पनि ट्याक्सी चढ्न सक्छु ।
नांगो खुट्टा महँगो छालाले छोप्न सक्छु।
उडेरै झट्टै गन्तव्यमा पुग्ने उद्देश्य हर कोहीको,
म ज्ञानको शिला खोज्दै उकाली–ओराली पैदल हिँड्न सक्छु ।।
घाइतेलाई मारेर उसैको रगत माथामा धसे बल्ल विजयी बनिने,
तिम्रो गाउँमा अबिर पोतिने उत्सव बन्न सक्छु ।।
आमाबुबाको निश्चल–पवित्र प्रेमलाई धोए सुकिलो कसरी बन्ने,
बरु मेरो संसार आफ्नो माने, तिमीलाई घरको बुहारी रोज्न सक्छु ।।
आँखाको नानी झैं सानो–सुन्दर मेरो नेपाललाई मिचेर दुखाउने चोरी औंलाहरू,
तह नलागे दस गजामा खुकुरी भिरेर एक्लै उभिन सक्छु ।।