tvs
tvs
Setopati साहित्यपाटी
YouTube Subscribe
आइतबार, मंसिर १३, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • फिचर
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

सुकेको गुलाब 

gibl
gibl
रोसन अधिकारी

रोसन अधिकारी

Deepal
Deepal
Deepal
Deepal
Tata box 1
Tata box 1

पुरानो पुस्तकभित्रको एउटा सुकेको गुलाब नियाल्दै गर्दा ऊ त्यसभित्रको आफ्नो पुरानो कथा सम्झिन्छ।

दस वर्ष अघिको फ्ल्यासब्याक मा ऊ नयाँ दिल्लीस्थित मयुर विहार फेज-दुईको एक्सिस बैंकको ढोकाछेउमा एउटा कनोपीभित्र फाइनान्स स्किम सञ्चालन गर्ने ट्रेनीको रूपमा हरेक दिन आफ्नो स्किम दोकान खोल्छ। यही सिलसिलामा घट्छ, सुकेको गुलाबको कथा बोकेको घटना।

सदाझैं त्यसदिन पनि बिहान साढे नौ बजे उसले आफ्नो दोकान खोल्यो अनि सेवाग्राही नआउन्जेल चहार्न थाल्यो आफ्ना आँखाहरूलाई क्षितिजभरिका दृश्यहरूमा।

यसै क्रममा बैंककै अगाडि सडक किनाराको रङ्गीबिरङ्गी फूलहरूको पसलमा तीन चारजना युवतीको समूह बैंकतिर हेर्दै हाँसिरहेको देख्दा उसले आफूलाई बैंकको सिसावाला ढोकामा नियाल्यो।

'सबै ठीकै छ त किन हाँसिरहेछन् यिनीहरू?' आफैंलाई प्रश्न गर्यो।

सेवाग्राहीको चहलपहल सुरू नभइसकेकाले एकछिन बैंकको बरण्डामा टहलियो अनि पुनः टेबुल कुर्सीमै फर्कियो।

Laxmi bank
Laxmi bank

अघिका युवतीहरूलाई नजर अन्दाज गर्न खोजे पनि उसको कौतुहलता मेटिएको थिएन।

झुलुक्क नजानिँदो पाराले फूल पसलतिर नजर लगायो। युवतीहरू अझै त्यहीँ थिए। उसैगरी कानेखुशी गर्दै थिए।

Burjer
Burjer

'कसलाई हेरेर हाँसेका हुन्? किन हाँसेका हुन् ?' आदि प्रश्नहरूले घेरिएर अन्यौल हुँदा पनि ऊ 'मेन विल बि मेन' वाला कथनभित्र खुम्चिएर तीन वटीमध्ये कुन राम्री कुन नराम्री भनेर जजमेण्टल बन्न थाल्यो अनि ग्रेडिङ गर्यो; ए, बि र सि भनेर।

उसको ग्रेड रिपोर्ट तयार हुँदै गर्दा उसको टेबुलमा एउटा गुलाब आएर थपक्क बस्यो अनि कानैमा एउटा बालस्वर गुञ्जियो, ‘भैया, आपको वो दिदी ने ये रोज भेजा है’।

अकमक्क भयो अनि 'दिलमे लड्डु फुटा' वाला भावभङ्गीमा गजक्क परेर 'थ्याङ्क यू बोल देना' भन्दै फूल लियो।

अब उसलाई हेर्नु थियो त्यो फूल पसलेको बच्चाले 'वो दिदी' भनेर ईशारा गरेकी युवती कुन हो भनेर। उनीहरूले उसलाई नै हेरिरहेका थिए।

अघि उसले तयार पारेको रिपोर्ट अनुसार 'सि' वाली युवतीको गुलाब पाएको कुरा थाहा पायो।

भगवानको प्रसाद स्वरूप गुलाब स्वीकार गर्यो, अनि मनमनै 'नहुनु मामाभन्दा कानो मामा ठीक' सम्झियो।

मनमनै रोज रोज किसीको रोज नहीँ मिलता भन्यो अनि आफ्नो नसिब चम्केको भन्ठान्यो।
फूल पसलेको बच्चा फर्कियो। युवतीहरू फेरि कानेखुशी गर्न थाले।

गुलाबवाली लजाउँदै आफैंतिर आइरहेको देख्यो। यसपटक 'मनमे लड्डु फुटा' होइन पूरै लड्डु पसलभरिका लड्डु गुटुङटुङ गुड्किरहेको देख्यो। युवती छेउमै आइन् अनि संवाद सुरू भो ।
'रोजसे आपको बुरा तो नहीं लगा?'
‘नहीं तो।’
'फ्रेण्ड समझके रख लिजिये। अगर बुरा लगा है तो वापिस कर दिजिये।’
‘कोई नहीं, रख लेता हुँ।’
‘अच्छा, बुरा नहीं मानेङ्गे तो आपका नम्बर मिल सकता है ?’
‘हाँ 99..........’
'ठीक है, कल करुङ्गी। बाई ।'
‘बाई।’
संवाद सकियो, उसका साथीहरूसँगै उनी पर क्षितिजमा कमिला बनेर अन्तर्ध्यान भई। युवक दिनभरि जसो गुलाब हेरेर मुस्कुराइरह्यो।

साँझ घर पुगेर उसको फोनको प्रतीक्षा गरिरह्यो। करिब आठ बजे फोन बज्यो। चार्जमा राखेको फोन हतारहतार उठायो। बोसको कल रहेछ, अर्को ब्रान्चमा पोस्टिङ भएको जानकारी पायो।
पुनः ती युवतीलाई भेट्ने सम्भावना उसलाई न्यून लाग्यो। 

'फोन नं त छँदै छ नि' भनेर मन बुझायो।

फेरि 'मैले चैं किन उसको फोन नं मागिनँ ?' स्वयमलाई प्रश्न गर्यो।

अन्तर्द्वन्द्व राति अबेरसम्म चलिरह्यो।

भोलिपल्ट ऊ स्वास्थ्य विहार ब्रान्चतिर जान ब्लु लाइन बस चढ्यो। बस निकै भीड थियो। ओर्लिने बेला चार पाँच जना केटाहरूले आफूलाई पनि ओर्लिनुपर्ने भएकाले छिटो छिटो ओर्लिनु भन्दै धकेल्न थाले।

बसबाट ओर्लिसके पछि उसले आफूमात्रै ओर्लेको थाहा पायो। गोजी छाम्यो, मोबाइलसँगै कैयौं प्रश्नका उत्तर अनि सम्भावना बोकेको एउटा प्रेमको बिज हराएको महशुस गर्यो। पुरानो नम्बर लिन दिल्ली पुलिसको दफ्तर चहार्नुपर्ने भएकाले उसले त्यसतर्फ जाँगर लगाएन।

'ओ दाजु, त्यो किताब नबेच्ने ?'

कवाडीवालाको चर्को आवाजले ऊ झसङ्ग हुन्छ। क्षणभरमै ऊ आफ्नो फ्ल्यासब्याकबाट बाहिरिएर थोत्रा किताबहरूको चाङ अगाडि आइपुग्छ। अनि तौलिन्छ दस रुपैयाँ किलोमा आफ्नो अधूरो प्रेम।

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ११:४४
सिफारिस
१५ लाख ऋण घटाएर दुई लाखमा झारेकी पुनमको जीवनमा अर्को संकट
१५ लाख ऋण घटाएर दुई लाखमा झारेकी पुनमको जीवनमा अर्को संकट
इनम सापकोटामाथि अनुसन्धानमा प्रहरीले गरेको खेलाँची!
इनम सापकोटामाथि अनुसन्धानमा प्रहरीले गरेको खेलाँची!
'बाढी आएको १० दिनमै पुनर्वासको प्रस्ताव पठायौं, केन्द्र सरकारले अझै निर्णय गरेको छैन'
'बाढी आएको १० दिनमै पुनर्वासको प्रस्ताव पठायौं, केन्द्र सरकारले अझै निर्णय गरेको छैन'
प्रेमिकाको 'ड्रिम ब्वाई' बाट छोरीको 'ड्याडी कूल' बन्दै शाहरूख खान
प्रेमिकाको 'ड्रिम ब्वाई' बाट छोरीको 'ड्याडी कूल' बन्दै शाहरूख खान
ज्यान जोगाउन जग्गा बेचेका दलमर्दनलाई सरकारले भन्यो– तिमी सुकुम्बासी होइनौ!
ज्यान जोगाउन जग्गा बेचेका दलमर्दनलाई सरकारले भन्यो– तिमी सुकुम्बासी होइनौ!
देउवा पक्षको महाधिवेशन- खुल्दैछन् सभापति र महामन्त्रीका आकांक्षी
देउवा पक्षको महाधिवेशन- खुल्दैछन् सभापति र महामन्त्रीका आकांक्षी
नेपालका लागि कोप– अपेक्षित परिणाम आएन, तर कूटनीतिक लडाइँ हामीले जितेकै हो!
नेपालका लागि कोप– अपेक्षित परिणाम आएन, तर कूटनीतिक लडाइँ हामीले जितेकै हो!
सुनभन्दा दोब्बर बढी घटिसक्यो चाँदीको भाउ, अब फेरि बढ्ला?
सुनभन्दा दोब्बर बढी घटिसक्यो चाँदीको भाउ, अब फेरि बढ्ला?
वर्षौंसम्म पर्दामा नदेखिएकी तृप्ति यसरी फर्किइन् फिल्ममा
वर्षौंसम्म पर्दामा नदेखिएकी तृप्ति यसरी फर्किइन् फिल्ममा
Cg motors
Cg motors
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

केही सम्बन्धहरू सात फेरासम्म पुग्न सक्दैनन्!
असम्भव सभ्यता
भन्ज्याङमा रोकिएको जीवन!
अदृश्य खिल!
२० वर्षपछि उनले सोधिन्— खुसी छौ?
भाषाको भमरा!

विचार

डा. हेमनाथ पौडेल
युरोपमा समृद्धिको चमकभित्र बढ्दो संकट डा. हेमनाथ पौडेल
एलपी भानु शर्मा
हामीले के खोजेको हो? हामी कहाँ चुक्यौं? एलपी भानु शर्मा
अजय श्रेष्ठ
नेपालको हरियो सुन अजय श्रेष्ठ
मुराहरि पराजुली
नेप्से बढ्यो भने सेयर बजार सुधार हुन्छ? मुराहरि पराजुली
asian paints
asian paints
ime money transfer
ime money transfer

ब्लग

डा. सविन आचार्य
मुख सुक्खा हुनुको पछाडि स्जोग्रेन रोग त छैन? डा. सविन आचार्य
तुल्सीराम अर्याल
एउटा फोन र केही शब्द सँगै टुंगिएको अधुरो प्रेमको कथा तुल्सीराम अर्याल
योगराज दाहाल
मेरो गुम्न लागेको एक वर्षको जिम्मा कसले लिने? योगराज दाहाल
राजबहादुर शाही
बल्ल सुखका दिन देख्न पाइयो! राजबहादुर शाही
mukti
mukti

साहित्यपाटी

आशिष कमल पौडेल
केही सम्बन्धहरू सात फेरासम्म पुग्न सक्दैनन्! आशिष कमल पौडेल
garima
garima
नव सिलवाल
असम्भव सभ्यता नव सिलवाल
side bar 17- shivam inner
side bar 17- shivam inner
प्रेमनारायण भुसाल
भन्ज्याङमा रोकिएको जीवन! प्रेमनारायण भुसाल
जगत बोहरा
अदृश्य खिल! जगत बोहरा

केटाकेटीका कुरा

समृद्धि बस्ताकोटी
भाइटीका कि तिहार टीका? समृद्धि बस्ताकोटी
संस्कृत आचार्य
'जीवन काँडा कि फूल'मा मलाई मन परेको कुरा! संस्कृत आचार्य
हिमांशु भण्डारी
एक दृष्टिविहीन बालकले संसारलाई देख्न सिकाएको कथा! हिमांशु भण्डारी
हिमांश्री भण्डारी
कछुवा र अक्टोपसको मित्रता! हिमांश्री भण्डारी

पाठक विचार

केदार शर्मा
सेतोपाटीमा यस्तो सामग्री किन? केदार शर्मा
चतुर्भुज भट्ट
चतुर्भुज भट्टको खण्डन चतुर्भुज भट्ट
विभु पहाडी
हाम्रो माइतीघर फिर्ता गरिदेऊ! विभु पहाडी
खड्क बहादुर के.सी.
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र खड्क बहादुर के.सी.

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP