Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, चैत १०, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

धनमायाको सपना

Royal Enfield
Royal Enfield
अनुपा लामिछाने

अनुपा लामिछाने

gibl
gibl
gibl
gibl
अनुपा लामिछाने।
अनुपा लामिछाने।
Tata box 1
Tata box 1

कथा

धनमाया खाना खाएर पिँढीमा एक्लै टोलाएर बसेकी छे। उसका आँखा बिझाएर खपिनसक्नु छ, ज्यानमा कुनै ऊर्जा छैन। हिजो राति पनि १ बजे नै बिउँझिई। कोरोना भाइरसका कारण ज्वरोले छोरो इन्तुन चिन्तुको अवस्थामा पुगेको डरलाग्दो सपना देख्दादेख्दै ऊ झस्केर उठिछ। त्यसपछि के के सोच्दा सोच्दै पूरा रात छटपटीमै बित्यो उसको। दुई महिनादेखि ऊ राम्ररी निदाउनै सकेकी थिइन।

निदाओस् पनि कसरी! आफ्ना प्राण प्याराको पखेरु अरबको मरूभूमिमा उडेको खबर दुई महिनाअघि पाएपछि उसको शिरमाथि आकाश बज्रेको छ। उसले टेक्ने धर्ती भासिएको छ। तै पनि सारा पीडा अनि दु:खलाई मनभित्रै दबाउन अनि अरूका सामू आफूलाई 'नर्मल' देखाउनुको विकल्प उसले देखेकी छैन।

अन्तिम पटक मुख हेर्न त के पतिको लास स्वदेश झिकाएर काजकिरिया समेत गर्न पाइन। प्रयास नगरेकी त कहाँ हो र, उसको शव ल्याउँदा लाग्ने खर्च र हुने झन्झट थाहा पाउँदा ऊ त्यसै गल्न बाध्य भई। वरिपरि चुलबुल गर्ने आठ वर्षको छोरो मोन्कु (मोहन कुमारलाई उसले माया गरेर बोलाउने नाउँ) बाहेक हारगुहार गर्नलाई उसका कोही भएनन्।

जन्मेको २ वर्ष नहुँदै बितेका उनका बुवाको अनुहार उनको मस्तिष्कमा बस्नै पाएन। केही वर्षमा आमा पनि बेपत्ता भइन्। कहाँ गइन् कसैले भन्नै सकेन।

दिदी र दाजुहरूले नै उसका पखेटा हालिदिएका थिए। १६ वर्ष नपुग्दै आफूभन्दा एक वर्ष जेठो सानेको मायाजालमा परी। एक दिन झिसमिसेमै घरका कसैलाई सुइँको नदिई सानेसँगै टाप कसेदेखि माइती फर्केर गएकी छैन।

न माइतीले नै उसको खोजखबर गरे। उसको संसार भन्नु साने नै थियो। आफ्नो वर्तमान र भविष्य उसैलाई सुम्पेर ऊ सानेको पछि लागेर काठमाडौं आएकी थिई।

केही समय अन्यत्रै डेरामा बसे। ज्यालादारी गरेर जीविका चलाए। तीन वर्षअघि मनोहरा खोला किनारको सुकुम्बासी बस्तीको छेउमा आएर सानो भुइँ छाप्रो हालेपछि उनलाई त्यहीँ छोडेर उनका खसम मजदूरी गर्न कतार हानिए।

जिन्दगीको सम्पूर्ण सहारा मानेर पछि लागेको त्यही मान्छेले सधैंलाई छोडेर गएपछि धनमायालाई एक निमेष यो धर्तीमा बाँच्ने रहर छैन। तै पनि छोराको मायाले उसलाई मर्न दिएको छैन।

Ncell
Ncell

ऊ छोरालाई नजिकैको प्राथमिक स्कुल पठाएर दिनभरि घर निर्माणको काममा मजदूरी गर्दैआएको छे। लोग्नेले चाडबाड बाहेक अरू बेला पैसा पठाउँदैनथे। पुरानो ऋण तिरेर अलि अलि जोगाउँदै काँठतिर भए पनि घडेरी किन्ने योजना उसलाई सुनाएका थिए। सानेले देखाएको त्यो आशा उसको अवसानसँगै दूर क्षितिजमा विलिन भएको छ।

सुकुम्बासी बस्तीमा टाउको लुकाउन पाए पनि कुन दिन उठिबास हुन्छ भन्नेमा सधैं त्राहिमाम भएर बस्नु परेको छ। पहिले पनि ३-४ पटक डोजर ल्याएर छाप्रा भत्काउन नखोजेका होइनन्, तर बस्तीकाले लालाबालासहित डोजरकै चक्कामुनि बसेर आन्दोलन गरेपछि प्रशासनले छोडिदिएको हो।

वरपर कोही भने नाम मात्रैका सुकुम्बासीहरू छन्। कसै कसैले त पक्की घर नै ठड्याएका पनि छन्। त्यही देखाउँदै टिभीले ''सुकुम्बासीको नाउँमा हुकुमबासीको रजाइँ'' भन्दै समाचार बजाउँछ कहिलेकाहीँ। त्यो हेरेपछि उनलाई नरमाइलो लाग्छ। अब फेरि डोजर आउने भो भन्ने कुराले उनको मनमा चिन्ता थपिदिन्छ।

सम्पत्तिको नाउँमा धनमायाको छाप्रोमा थोत्रो एउटा ट्याङ्का, छोराको स्कुले आकाशे सर्ट र नीलो पाइन्ट, जडौरी दुई चार जोर छोराका र आफ्ना लुगा, खाना पकाउने र खाने केही भाँडाकुँडा, एउटा सुकुल, पल्लासमेत च्यातिइसकेको सिरक डस्ना छन्।

घरमा अलि किम्ति सामान भनेका लोग्नेले एक वर्षअघि बिदामा आउँदा ल्याएका दुइटा ब्लाङ्केट र २१ इन्चको टिभी छ। आफ्नै घर बनाएपछि ओढ्नुपर्छ भनेर उसले ब्ल्याङ्केट जोगाएर राखेकी छ।

अनि कुरा गर्न पाइन्छ भनेर लोग्नेले नै फेसबुक जोड्देको एउटा मोबाइल पनि उसँग छ। त्यो पनि दुई चार मिनेट कुरा गर्दैमा पैसाको सत्यानाश भएर हैरान पाउँथी। त्यै पनि अब त फोनमा कुरा गर्ने नै उसको को छ र।

नगरपालिकाले जोडिदिएको सार्वजनिक धारोमा हप्ता दिनमा बल्ल दुई घण्टा पानी आउँछ। त्यो पनि कतिपल्ट पालो नै नआइकन फर्किनु परेको छ। मनोहरा खोलाको पानी नजिक गइनसक्नु दुर्गन्धित छ तै पनि आपतै पर्दा किनारामा बालुवामा खाल्डो पारी रसाएको पानी घैंटोमा उघाएर ल्याउँछे। लोग्नेले ओभरटाइम परेको बेलामा त उत्साहित हुँदै जारको पानी किनेर खानु, छोरोलाई हैजाले भेट्ला भन्थे। अब त त्यसो भन्ने मान्छेले पनि धर्ती छोडे। धनमाया लामो सुस्केरा हाल्छे।

नजिकैको मनोहराले पिउने पानी पो दिँदैन। बाढी आएका बखत उसको भएका थोत्रा भाँडाकुँडा र लत्ता कपडा नै भेल पसेर कति चोटि बगाएको छ। तिनै सामानको फेरि जोहो गर्न उसले तीन महिना हाड घोट्नु पर्छ।  

विश्वभरि कोरोनाको महामारी फैलेको खबर टिभीमा सुने पनि यसबारे उसले धेरै बुझेकी छैन। देशमा सबैतिर बन्द छ भन्ने मात्र सुनेकी छे। ठेकेदारले लकडाउन छ काममा नआउनु भनेर महिना दिनअघि नै खबर गरे पनि फेरि कहिले बोलाउने टुंगो नहुँदा उसलाई चुलो बाल्न समस्या पर्न थालिसकेको छ। मनमा चिन्ताका अनेकौं बादल मडारिइरहेका छन्।

छोरो बिरामी हुँदा ओर्दा ओखती किन्न बचाएर राखेको थोरै ज्याला उसले एक हप्ताअघि नै दुई चार दिन पुग्ने चामल र दाल तरकारी किनेर सकिसकेकी छे।

रित्ता भाँडाकुँडा बाहेक अब त घरमा खानेकुरा खासै बाँकी छैन। थोरै जोगिएको चामलबाट जाउलो पकाएर आमा छोराले आधा पेट खाँदै केही दिनदेखि धान्दै आएका छन्।

राहत बाँड्न आउँछन् रे भन्ने सुन्न थालेको त धेरै भइसक्यो तर पनि अहिलेसम्म कोही नाकमुख देखाउन आएको छैन। सहरका कुनै कुनै ठाउँमा राहत बाँड्न थालेको टिभीमा नदेखेकी होइन तर त्यहाँसम्म जान पुलिसले दिँदैन।

दुई आमा छोराको ज्यान रोगले भन्दा पनि भोकले पो जाने हो कि भन्ने डरले उसको मनमा डेरा जमाएको छ। कसैगरी ज्यान गयो भने बल्ल पो हाम्रो पनि समाचार बन्ला कि ! अनि ठूल्ठूलो स्वरमा समाचारले भन्ला— मनोहरा सुकुम्बासी बस्तीमा आमा छोराको मृत्यु ! दुवैको मृत्यु कोरोनाका कारण भएको आशंका ! वरिपरिका बासिन्दा त्रसित !

 कालो कुकुर र त्यसका छाउरा कराएको आवाजले एकछिनलाई उसको एकाग्रता भंग गरिदिन्छ। छाप्रा अगाडि नै आएर ती कुइँकुइँ रोएको विरक्तलाग्दो आवाजले उसलाई बेचैन बनाएको छ।

धनमायाको कोमल मनले भन्छ, ''विचरा हामी आमा छोरा झैं यिनको पनि पापी पेटले खाना मागिरहेको होला ।''

स्कुल बजार सबै बन्द भएकाले वरिपरिका केटाकेटी जम्मा भएर लकडाउनको पर्वाह नगरी बाहिर खेल्न निस्केका छन्। हुन त त्यहाँ लकडाउन पालना गराउने प्रहरी, प्रशासन नै कहाँ पुग्छ र । मोन्कुका केही साथीभाइ आ-आफ्ना अभिभावकले किनिदिएका खेलौना र मिठाइ देखाएर उसलाई लोभ्याउँछन्। तर ऊ आमालाई यो चाहियो, त्यो चाहियो भन्दैन।

उसका खेलौना भन्नु नै काठका टुक्रा, खोलाबाट खोजेर ल्याएका आकार मिलेका मट्यांग्रा, आफैंले बनाएका कागजको डुंगा र हवाइ जहाज छन्। त्यति हुँदा पनि ऊ आफूलाई सम्पन्न ठान्छ। आमालाई देखाउँछ र तीसँग खेलेर समय कटाउँछ।

बेलाबेलामा भोक लाग्दा छिमेकीसँग पैंचो मागेर ल्याएको च्यूरा आमाले बट्टामा राखिदिएकी छिन्। निल्न गाह्रो भए पानी पिउन भनेकी छिन्। आमाले काम पाएका बखत त ऊ चाउचाउ र बिस्कुट  खान पाउँथ्यो।

उसका बाले कक्षामा पहिलो भयो भने अब आउँदा एउटा घडी र खेलौना गाडी ल्याइदिन्छु भनेका थिए तर ती सामान नआउने भयो भन्ने उसले थाहा पाइसकेको छ। त्यसले उसलाई केही दुखित बनाए पनि बाले छोडेर गएकोमा उसलाई मतलब छैन। अर्थात् बा अब घर आउँदैनन् भन्ने नै उसले बुझेको छैन। आमाले घरिघरि आँसु झारेको देख्दा भने उसलाई झर्को लाग्न थालेको छ ।

हुनेखानेका छोराछोरीकहाँ जस्तो मनोरञ्जन र शिक्षा लिने अनेक आधुनिक साधन मोन्कुसँग छैन।  नयाँ शैक्षिक सत्र सुरू नभएकोले किताब पनि पाइसकेको छैन। जाँच दिएर बसेको ऊ कहिले नयाँ कक्षामा जान पाइएला भनेर व्यग्र प्रतीक्षामा छ।

'यसपालि नि सप्पैलाई जित्छु आमा' भनेको छ उसले। पढाइ राम्रो भएकोले सर र मिसहरूबाट धेरै माया र स्याब्बासी पाएको छ। कापी पेन्सिल कहिल्यै किनिदिनु पर्दैन। आफैंले पाएका पुरस्कार र उपहारले नै टारेको छ अहिलेसम्म।

छोराको त्यही उपलब्धि धनमायाका सारा पीडामा दल्ने मल्हम भएको छ । उसले सपना देखेकी छ, अब आफ्नो सासमात्र अड्याएर भए पनि छोरालाई दह्रो गरी खुट्टा टेकाउने। खासमा भन्नुपर्दा ऊ पढेकै स्कूलको हेडमास्टर भएको हेर्ने उसको धोको छ ।

बाटोतिर खेलिरहेको छोरो भोकले अँध्यारो मुख लाउँदै आमा छेऊ आइपुग्छ। ऊ हत्तपत्त एक जग पानी र पातलिएको साबुनको टुक्रा ल्याएर छोरालाई मिचीमिची हात धुन लगाउँछे । हात नधोएमा कोरोनाले भेट्छ भन्ने उसले हिजोआज खुबै सुनेकी छे । अपराधी भाइरसले आफ्नो सपना निमोठ्ने हो कि भन्ने आशंका मात्रले पनि उसको मनमा आँधी ल्याइदिन्छ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १३:०३
सिफारिस
दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा
दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा
११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू?
११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू?
१४ वर्षीया बालिकालाई बेपत्ता बनाएको उजुरी, बालिका र आफन्तलाई खोज्दै प्रहरी
१४ वर्षीया बालिकालाई बेपत्ता बनाएको उजुरी, बालिका र आफन्तलाई खोज्दै प्रहरी
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

पहिलो प्रेम कहाँ मर्छ र?
सिसाका महल र रित्तो मान्छे!
ख्वामितहरूको पाउ!
अधुरो प्रेम!
टोकियोको भिडमा एक्लो म!
फुल टाइम गिटारिस्ट!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP