Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, चैत १०, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

पाँच पुरुष

Royal Enfield
Royal Enfield
रमा लुइँटेल

रमा लुइँटेल

gibl
gibl
gibl
gibl
रमा लुइँटेल।
रमा लुइँटेल।
Tata box 1
Tata box 1

आज अस्मिताको ज्यूँ हलुंगो भएको छ। ज्यूँ हलुंगो महशुस गर्दा उ ‘लेबर रुम’ को बेडमा थिई। चिटिक्क परेकी नर्सले बच्चाको अनुहार देखाउँदै भनी- ल दिदी तपाइँको छोरा भयो।

नर्सलाई आत्तुरी थियो, छोरोको प्रमाण देखाउन। खास्टोबाट बच्चालाई झिकी र देखाई। नर्सको मुहार भाव हेर्दा लाग्थ्यो, उनले ठूलो काम गरेकी छ। छोराको अनुहार र उसको लिंग देखेर अस्मिताले धेरै कुरा एकैपटक सम्झिई। त्यो रात , त्यो बेला, त्यो क्षण एकपछि अर्को गर्दै उनको आँखा अगाडि आए। उ मनमनै मख्ख परी, रमाई र, फिस्स हाँसी पनि।

अहिले हाँसेकी अस्मिता सन्तानका लागि धेरै रोएकी थिई। उ कहिले एक्लै रोई। कहिले प्रियहरुको काखलाई सिरानी बनाएर रोई। जे होस्, उ खुब रोई। अस्मितालाई जसरी पनि आमा बन्नु थियो। तर, आमा बन्न एक्लै संभव थिएन। वीर्य चाहिन्थ्यो। अर्थात पुरुष चाहिन्थ्यो।

अस्मिताले समाजका लागि आमा बन्न चाहेकी थिइन्। समाजले देखाउने खोटसँग उसलाई मतलब थिएन। उ मातृत्वभाव महशुस गर्न चाहन्थी। आमा भएपछि प्राप्त हुने उर्जा महशुस गर्नु थियो उसलाई। त्यसैले, अस्मितालाई आमा बन्नु थियो।

विवाह भएको झण्डै डेढ दशकसम्म सन्तानका खातिर धेरै धन खर्ची। मन खर्ची। तर, उ हारेकी थिई, थाकेकी थिइन। सन्तान जन्माई छाड्ने प्रण थियो अस्मिताको।

सन्तान कसका कारण भएन? कारण के थियो? यसबारे तीन जनालाई मात्रै थाहा थियो। अस्मिता, अस्मिताका श्रीमान् किरण र उपचार गर्ने डाक्टर।

रुढीवाद, असमानता र महिलालाई कमजोर ठान्ने समाजले सन्तान जन्माउन नसक्नुमा अस्मितालाई नै दोषी देख्यो। लेखपढ गरेपनि उ विभेदको शिकार भई। बुहारीका कारण वंश अघि नबढ्ने चिन्ताले ग्रसित थिए, उनका सासु-ससुरा। अस्मिताका आमाबाबु पनि छोरीको घर दिगो नहुनेले पिरमा थिए।

एकदिन, किरणले अस्मितालाई बाचा गराए। उनको प्रस्ताव अस्मिताले मान्नुपर्ने वाचा थियो त्यो। कफी हाउसमा थिए उनीहरु त्यो दिन, त्यो संवादका लागि। कफी टेबुलको आमुन्ने सामुन्ने बसेका थिए उनीहरु। किरणको अनुहारमा अस्मिताले एकोहोरो हेरिरहेकी थिई।

किरणले कुरा सुरु गर्यो- हाम्रो सन्तान तिम्रो कारणले नभएको होइन अस्मिता, मेरो कारणले नभएको हो। त्यो तिमीलाई थाहा छ। हो, म तिमीलाई आमा बनाउन सक्दिनँ। तर, तिम्रो आमा बन्ने उत्कट इच्छालाई म मर्न दिन्न। त्यसैले, अस्मिता तिमी आफ्नो कोख भर्नको लागि स्वतन्त्र छौं। तिम्रो गर्भको सन्तानको बाउको भनेर मैले कहिल्यै प्रश्न गर्ने छैन। तिमीले जन्माएको सन्तानको कर्मबाबु बनाएर सम्बन्ध अघि बढाउने छु।

Ncell
Ncell

किरणलाई एकहोरो सुनिरहेकी अस्मिताको अनुहारमा चिट्चिट् पसिना आइरहेको थियो। कफी टेबुलमा नै घोप्टिएर अस्मिता धेरै बेर रोई। किरणभित्रको पृथक पुरुष देखेर उ छक्क परी। आफूप्रतिको किरणको निस्वार्थ प्रेम देखेर अस्मिताको छाती ढक्क भयो। उसको मनमा अनेक तर्क वितर्क आए। एकपछि अर्को गर्दै आएका प्रश्नमाथि उसले प्रति प्रश्न गरी।

किरणको प्रस्तावमाथि अस्वीकृति जनाई। तर, किरण मानेन। जीवनको सबैभन्दा खुसीको क्षण अस्मिताले सन्तान जन्माउँदा हुने बतायो, किरणले। पटक-पटक थपिएका कफी कप रित्याएर उनीहरु कफी हाउसबाट बाहिरिए।

फागुनको महिना थियो त्यो। दिनभर राप र ताप दिएको सूर्य पश्चिममा पुगेर डुब्ने तरखरमा थियो। कोठाको झ्यालबाट देखिएको त्यो सूर्यसँग उसले आफ्नो जीवन तुलना गरी। साँच्चै डुब्न लागेको सूर्यसँग आफ्नो जीवन ठ्याक्कै मिलेको अनुभव गरि उसले।

बादलका धब्बाहरुले सूर्यको तापलाई निस्तेज बनाएको सम्झी। अर्थात उसले यो बुझी कि जीवनको गति सधैं एकनास र एउटै हुँदैन। हो, अस्मिताको जीवन किंमकर्तब्यविमुखको संघारमा थियो। त्यसैले अस्मिताको मनमा आँधीबेहरी चल्यो, चलिरह्यो। त्यो आँधीबेहरीलाई मथ्थर बनाउन उसले विश्वासको काख खोजी।

जीवनमा उसको नजिक, अत्यन्तै नजिक भएका मान्छेहरुलाई एकपछि अर्को गर्दै सम्झिई अस्मिताले। ती अनुहारहरु केही महिलाका थिए, केही पुरुषको। अनुहार सम्झँदा-सम्झँदै कतिखेर निदाई उसैलाई थाहा भएन। त्यो रात, उसको जीवनको अनौठो रात भइदियो। अनौठो सपना देखी उसले।

कुनै बेला त्यो केटाले अस्मितालाई खुब मन पाएको थियो। त्यो केटा अर्थात् अमिर। कक्षा दशको अन्त्यतिर अमिरले विद्यालयको मूल ढोकामा ए प्लस ए लेखेर तहल्का मच्चाएको थियो। कक्षा दशको अन्तिम दिन अमिरले घण्टै अस्मितासँग गफ गरेको थियो। त्यो गफ आग्रह, पूर्वाग्रहको थिएन। मात्रै प्रेमको थियो।

जीवनभर प्रेम गरिरहने थियो। त्यत्तिखेर अस्मिताले अमिरलाई धेरै सम्झाएकी थिई। जीवन योजनाबारे धेरै कुरा गरेर छुट्टिएका उनीहरु त्यसपछि भेटेका थिएनन्। आक्लझुक्कल फोनमा कुरा भने हुन्थ्यो। भेटघाट नभएको त्यस्तै दश वर्ष जति भएको थियो। अन्तिम भेटमा अमिरले अस्मितालाई भनेको थियो- म तिम्रो बाटोमा कहिल्यै अवरोध गर्दिनँ, तर तिमीलाई सधैं माया गरिरहनेछु, तिमीलाई अप्ठ्यारो पर्दा सम्भव भए विपनामा नभए सपनामा भएपनि आउनेछु।

लामो समय भेट नभएको मान्छे कसरी एकाएक त्यो दिन सपनामा आयो? तर, यसको उत्तर भेटिन् उसले। अस्मिताले त्यो दिन सम्झिई। हो, स्कुल नजिकैको चौतारीमा बसेको वैशालु तर ज्ञानी अमिरलाई सम्झिई। निन्द्राबाट ब्यूँझिएपछि अस्मिता धेरै बेर उसलाई सम्झेर रोई। मध्यरातमा ब्यूझिएकी उसलाई निन्द्रा लागेन। र, त्यो रात नै उसले अमिरलाई भेट्ने निश्चय गरी। आफ्ना सबै कुरा साहसका साथ सुनाउने अठोट गरी।

दिनहरु बितिरहेका थिए। अस्मिताभित्र सन्तान जन्माउने इच्छा अझैं थियो। त्यो इच्छा, सन्तान प्राप्ति अब अस्मिताको खुसीसँग मात्रै जोडिएको थिएन। किरणको खुसीसँग पनि जोडिएको थियो। किरण उसको जीवनसाथी मात्रै थिएन। नेपाली समाजको महान पुरुष थियो, जसले आफ्नो अक्षमतालाई ढाकछोप गर्न खोजेन। अस्मिताको खुसीमा आफू खुसी देखेको थियो उसले। गर्भधारणका लागि अर्को लोग्ने मानिस खोज्न आग्रह गरेको थियो, उसले आफ्नी जीवनसंगिनीलाई।

त्यो दिन अस्मिता कार्यालयबाट एक घण्टा छिटो निस्की। केही दिन अघिको किरणसँगको त्यो संवादले उ बेचैन थिई। कफी सपमा बसेर पटक-पटक कफी खाई उसले। र, कफी हाउसकै ल्याण्ड लाइनबाट अमिरको मोबाइल नम्बर डायल गरी। धेरै बेरको घण्टीपछि अमिरले फोन उठायो। सँगै कफी खाने प्रस्ताव राखी।

केही छिन आलटाल गरेको अमिरले अस्मिताको प्रस्ताव स्वीकार गर्यो। केही मिनेटमै कफी हाउस आइपग्यो उ। अमिर र अस्मिता घण्टौंसम्म सुख दुखका कुरा गरे। अमिरलाई अस्मिताले किरणको प्रस्ताव सुनाई। र अन्तिम राउण्ड कफीको अन्तिम घुड्कोसँगै अस्मिताले भनी- बुझ्यौं अमिर जीवनमा सबैभन्दा ठूलो कुरा विश्वास र खुसी रहेछ। माया, त्याग र समर्पणलाई विश्वास र खुसीले जित्ने रहेछ।

यो वाक्य टुंगिएको मात्रै के थियो, अमिरले भन्यो- अस्मिता विश्वासलाई कसी लगाउँदिनौ भने, तिम्रो खुसीका लागि केही समय तिमीसँगै रहन सक्छु। तिम्रो अप्ठ्यारो फुकाउन सक्छु।

त्यसपछि अमिर र अस्मिताको भेटघाट बाक्लिदैं गयो। दुई चार महिना बाक्लिएको भेटघाटले अस्मिताको बुहुप्रतिक्षित खुसी ल्याइदियो। प्रेग्नेन्सी टेस्ट किटले दुई वटा धर्का देखाएर अस्मिता आमा बनेको सन्देश दियो।

लामो समयदेखि अस्मिताको उपचारमा खटिएका डाक्टर उक्त किटको नतिजा सुनेर खुसी भए। थप परीक्षणको लागि प्रक्रिया अघि बढाए। तर, ती डाक्टरलाई के थाहा थियो भने, अस्मिताको श्रीमानले श्रीमतीको गर्भमा बीच रोप्न सक्दैनन्। ती चिकित्सकले गर्भको सन्तान बारे कहिल्यै केही सोधेनन्।

ती डाक्टरले अस्मिताको खुसीमा खुसी थप्दै भने, ‘अस्मिता तपाई आफ्नो खुसीको लागि बाँच्नु हुँदो रहेछ।’ त्यो दिन डाक्टरले अस्मितासँग धेरै समय कुरा गरे। छोराको लागि वर्षैपिच्छे सन्तान जन्माउन बाध्य महिलाको कुरा गरे। प्रेमीको दबाबमा भएको शारीरिक सम्पर्कपछि गर्भमा आएको शिशुको हत्याका लागि खुसुस्क्क आफूलाई भेट्न आएका महिलाको कुरा सुनाए।

पात्रको कुरा गरेनन्। प्रवृत्तिका कुरा गरे ती डाक्टरले। महिलालाई सम्मान गरेर कुरा गर्ने ती डाक्टर जस्ता पुरुष उनले सायदै भेटेकी थिइन्। अस्मिताको परिवार खुसी थियो।

गर्भावस्थाको पाँचौं महिना, अस्मिताको तल्लो पेट नराम्रोसँग दुख्यो। त्यत्तिखेर उनी कार्यालयमै थिइन्। कार्यालयबाट सिधैं अस्पताल पुगेकी उनलाई चिकित्सले गम्भीर कुरा सुनाए। साल तल झरेकाले बाँकी समय पूर्ण रुपमा बेड रेस्टमा बस्नुपर्छ भने।

उसको अघिल्तिर गम्भीर संकट आइपर्यो। करियर वा गर्भको सन्तान छान्नुपर्ने थियो। सन्तानको अगाडि करियर उनका लागि केही थिएन। त्यसैले उसले निर्धक्कसँग डाक्टरलाई सुनाई- स्वस्थ सन्तान जन्माउँछु। यो जवाफ फर्काउँदै गर्दा उसले डाक्टरको अनहार फेरि पढी। शब्दले नबोलेका डाक्टरको अनुहारको भाव थियो, ‘अस्मिता, यो तिम्रो समपर्णलाई सलाम छ। अस्मिता तिमी धन्य छौं यस्तै-यस्तै।’

कार्यालयको काम छोड्नुपर्ने निश्चित थियो। निजी क्षेत्रले लामो समय बिदा दिने संभावना थिएन। दुई दिन बिना सूचना उ कार्यालय गइन। चौथो दिन अस्मिताका हाकिमले फोन गरे। अस्मिताका साथीसंगी र कार्यालय नै लगभग उसको समस्यासँग जानकार थिए। बिदा माग्दा कार्यालय प्रमुखले दिने उत्तर र व्यक्त गर्ने भाव अस्मिता सोचेभन्दा भिन्न भैदियो।

कार्यालय प्रमुखको उत्तर थियो- अस्मिता जि, तपाईलाई बधाई छ, सन्तान लाभ भएपछि खबर पाउँ। हामी अस्पतालमा तपाई भेट्न आउँछौं, अहिले उइथ पेड लिभ आराम गर्नुस्।

यी सब कुरा अस्मिताका रियल लाइभका घटना थिए। तर, उसले मानसपलटमा रिल लाइफको घटना जस्तै गरि एकपछि अर्को गरेर आइरहेका थिए। एकपछि अर्को यी घटनाक्रम आइरहँदा किरण अस्मिताको कपाल मुसार्दै थियो। चिकित्सक, नर्सहरु किरण, अस्मितालाई बधाई दिदैं थिए।

नर्सले काखमा राखिदिएकी छोराको अनुहार हेर्दै अस्मिताले मनमनै भनी, ‘मेरो जीवनका पाँच पुरुष मध्ये तिमी एक हौं, तिमीलाई पाउन मैले धेरै कुरा गरेँ। मेरो जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चार पुरुष जसले महिलाको खुसी र सम्मानका लागि आ-आफ्नो ठाउँबाट धेरै काम गरे। तिमीले कस्तो हुन्छौं? तर, मलाई पूर्ण विश्वास छ, तिमीले मेरो विश्वासमा ठेस पुर्याउँदैनौँ।’

यति भनेर, उसले छोरालाई छातीमा टाँसी। किरण अस्मिताको टाउको आफ्नो छातीमा टाँसेर धाप मार्दै थियो।

(लेखक ललितपुर महानगरपालिकाका प्रेस संयोजक हुन्।)

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १२:०८
सिफारिस
दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा
दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा
११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू?
११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू?
१४ वर्षीया बालिकालाई बेपत्ता बनाएको उजुरी, बालिका र आफन्तलाई खोज्दै प्रहरी
१४ वर्षीया बालिकालाई बेपत्ता बनाएको उजुरी, बालिका र आफन्तलाई खोज्दै प्रहरी
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

पहिलो प्रेम कहाँ मर्छ र?
सिसाका महल र रित्तो मान्छे!
ख्वामितहरूको पाउ!
अधुरो प्रेम!
टोकियोको भिडमा एक्लो म!
फुल टाइम गिटारिस्ट!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP