Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, फागुन २५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बा!

Nmb
Nmb
रूपा थापा

रूपा थापा

gibl
gibl
gibl
gibl
रुपा थापा।
रुपा थापा।
Tata box 1
Tata box 1

के थियो बाका ती सुस्केराहरूमा
जुन सुस्केराहरूले कालो बादल बनेर
बाका आँखाहरू मडारिन्थ्यो
फेरि पनि किन बाका आँखाहरू
ती काला बादलहरूसँग मडारिएर
बर्सिन सक्दैन थियो साउने झरी बनेर

बाका मुटुहरूलाई ऐंठन हुँदा
किन बाका मुटुहरूले
ती ऐंठनहरूलाई बाँड्न सक्दैन थियो
किन मेरो र बाको मुटु उस्तै भएर पनि
ऐंठन भने बाको मुटुलाई मात्र हुन्थ्यो!

माघको त्यो झरीमा के बाको शरीरलाई
चिसो लाग्दैन थियो र!
यदि बाको शरीरलाई पनि चिसो लाग्थ्यो भने
किन न्यानो ओढ्ने मेरो शरीरमा ल्याएर खापिदिन्थे!

साँच्चि बाका खुट्टाहरूमा त्यस्ता के थिए
सधैं नयाँ लाग्ने गर्थे बालाई
बाका उही पुराना जुत्ताहरू

आजकाल मलाई लाग्छ
बा हजारौं हजार किलोमिटर गुुडेर खिइएपछि
थन्काइएका गाडीका रबरका पाङ्ग्राहरू हुन्

कहिले काहीँ लाग्छ
बा रेडियोबाट एक्लै भुत्भुताइरहेका
त्यही आवाजहरू हुन्
जुन आजकाल मलाई सुन्दा सुन्दा झर्को लाग्छ

वर्षाको समयमा झरी भरि
साथ दिन्जेल ओढेको छाता
जब भाँचियो कसैको हातबाट
त्यही हातबाट छुटेर एक्लिएको छाता झैं 
लाग्छन आजकाल बा मलाई

Premier
Premier

जीवन भर जोतिँदा जोतिँदा
अब ती काँधहरूले हलो जुवा नार्न नसकेपछि
त्यही बुढो गोरु झैं विवश भएर
मालिकको आँखामा टुलु टुल हेरिरहेझैं लाग्छ
बाका ती धमिलो आँखाहरूले आजकाल मलाई

कहिले काहीँ लाग्छ
बा कसैको ओठबाट बजेका
मुरलीका ती सुरिलो धुन हुन्
तर आजकाल त्यो मुरलीबाट
सुरिलो धुन निस्कन छाडेपछि
त्यही मुरली झैं मिल्काइएका छन् बा
र छुटेका छन् आफ्नैका हातहरूबाट

Ncell
Ncell

बाका कलेजोहरू आजकाल मलाई
चुरोटका ठुटाहरू निभाउँदा निभाउँदै
जलिसकेका त्यही थोत्रो एस्ट्रे झैं लाग्छ
अनि रस निचोरेर फालिएका
त्यही कागती झैं लाग्छ

जिन्दगीभर बोकेको भारीसँग आफैंलाई रित्याएर
साँच्चि यति निरिह किन बन्छन् बा
जसरी टाङा तान्न नसकेपछि छाडिन्छ
बेवारिसे बनाइ त्यो बुढो घोडालाई
कहिले काहीँ लाग्छ बा त्यही बुढो घोडा हुन्
जो आजकाल कसैको काम आउँदैनन्

बा त्यही माझी हुन्
जो सन्तानलाई गन्तव्यमा पुर्याएर
आफू चाहिँ त्यही किनारामा फर्किन्छन् र
फेरि फेरि त्यही डुङ्गा खियाइनै रहन्छन्
तर डुङ्गा खियाउन नसकेपछि
आजकाल बाका हातहरू मलाई
आफैसँग हार खाएर एक्लो भएको त्यही बुढो माझी झैं लाग्छ

आजकाल बाका पाइलाहरू मलाई
विस्तारै विस्तारै आफ्नै घरको
मूल बाटोबाट हराउँदै गएको
रहस्यमयी हिममानवका पाइला झैं लाग्छ
जहाँ बाले सधैं सधैं सम्झेर खोजिरहे आफ्ना पाइलाहरूलाई
तर बाका ती पाइलाहरूलाई सम्झेर
फेरि फेरि फर्केर बालाई सोध्न आउने भने कोही भएनन्।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १७:५७
सिफारिस
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

म कर्णाली हुँ!
वैद्य बा!
हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
खहरे खोला!
पञ्च वर्षीय नतिजा!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP