tvs
tvs
Setopati साहित्यपाटी
YouTube Subscribe
आइतबार, मंसिर १३, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • फिचर
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

नउदाएको घाम

gibl
gibl
अर्जुनकुमार सत्याल

अर्जुनकुमार सत्याल

चैत १८
Deepal
Deepal
Deepal
Deepal
Tata box 1
Tata box 1

माघको एक साता कटिसकेको छ तर पनि चिसो कति पनि घटेको अनुभूति भएको छैन। तराईको ठाउँ हुस्सुले यसरी छोपेको छ कि आफनै अगाडिको पनि कुनै दृश्य खुट्याउन असम्भव प्रायः छ।

बिहानको सात बजे पनि रबिलाई आफ्नो ओछ्यान छोड्न कति पनि मन छैन। वरिपरि जस्ताले बेरेर बनाइएको बार अनि माथि छानोमा पनि बासको भाटाले च्यापेर लगाइएको जस्ताको छानोबाट शितका थोपाहरु तप्प तप्प चुहिएको आवाज।

रबि यसै आवाजमा आफूलाई कतै विलीन गराइरहेको थियो तर अचानक आमा जानुकाले 'रबि, रबि… उठ् न बाबु, कति सुत्छस?' भनेर बोलाएको आवाजले झसंग भयो।

आँखा मिच्दै मन नलागी नलागी उठ्दै बाहिर निस्कन्छ। बरन्डाको छानोमा सिउरिएको ब्रसमा निचरेर सकिसकेको पेस्टलाई अझै जोरले निचोर्छ र अलिकति ब्रसमा लगाएर कल (धारा) तिर जान्छ।

ब्रस गर्दै गर्दा खै के-के सोचेर टोलाइरहेको हुन्छ। त्यतिकैमा फेरि आमाले 'रबि आइज चिया खान छिटो' भनेर बोलाएपछि हातमुख धोएर जान्छ। अघिकै ठाउँमा ब्रसलाई राखेर भान्सामा जान्छ।

सानो कोठा एकतर्फ गोबरका गुइँठा थुपारिएको छेउमा प्लास्टिकको निलो तर रंग हराइसकेको बाल्टिनमा पानी, अर्को छेउमा भाटाको मक्किएको र्‍याकमा चार वटा थाल, तीन वटा गिलास र एक दुई थान कचौरा असरल्ल छन्।

Laxmi bank
Laxmi bank

रबिकी आमा जानुका कुनाको चुल्होमा नसुकेका गुइँठामा ढुंग्रीको सहायताले आगो बाल्न एकोहोरो फु, फु गरिरहेकी छिन्। रबि पनि चुल्होकै छेउमा जान्छ र हात चुल्हो तिर तेर्साउँदै परालको पिरामा बस्छ।

आमाले गिलासमा चुलोमाथि तातिरहेको कालो चिया गिलासमा हालेर दिँदै 'ल, खा' भन्छिन्। उसले चिया सुरुप्प पार्छ। चियाको भन्दा बढी धुवाँको स्वादले मुख बिगार्दै आमा तिर हेर्छ।

Burjer
Burjer

आमालाई देखेर खोइ के-के सोच्छ र फेरि टोलाउन थाल्छ। आमा भने चिया पिउँदै 'बाबु, आज घाम अहिलेसम्म उदाएका छैन, उदाउने छाँटकाटै छैन। ती बाख्रालाई यो अलिकति तातोपानी ढुटो हालेर दे है' भन्छिन्।

रबि नसुनेझैँ गर्छ। फेरि आमाले 'होइन के भएको छ यसलाई?' भन्दा बल्ल 'हजुर' भन्छ। आमा तिर फर्केर 'आमा, म अब विदेश जान्छु' भन्छ।

पहाड तेह्रथुममा खान लाउन दुख भएपछि भएको थोरै बारी र खेत बेचेर छत्रबहादुर परियार, रबिको बुबा आफ्नी जहान जानुकालाई लिएर त्यो ठाउँमा बसाइँसराइँ गरेर आएका थिए। सानो त्यो झुपडी बनाएर बसेका थिए।

काममा फूर्तिलो र सबैसँग मिजासिलो स्वाभावका थिए रबिको बुवा। जानुका पनि गाउँमा सबैको अर्मपर्म गर्न साह्रै फूर्तिलो बानी थियो। यसैक्रममा केही समय पश्चात् रबिको जन्म भएको थियो।

रबि जन्मदा दुवै जना बहुत खुसी भएका थिए। रबिको बुबा कहिलेकाहीँ जानुकालाई भन्ने गर्थे 'हेर, हाम्रो दुखका दिन गए। हाम्रो घरमा घाम (रबि) को पाइला जो पर्यो। यसलाई धेरै पढाउँछु र ठूलो मान्छे बनाउनु पर्छ बुझिस्। हामीले झैँ यसलाई अरुको घरमा काम गर्ने होइन, यसलाई धेरै पढाउनु पर्छ बरु हामी अझै बढी मेहनत गरौंला।'

बुढाको यस्तो कुरा सुनेर जानुका पनि खुसी हुन्थिन्। उनले रबिमा आफ्नो घरको उज्यालो भविष्य देख्न थालेकी थिइन्।

समयको चक्र आफ्नै गतिमा चलिरहेको थियो। रबि पनि विस्तारै ठूलो हुँदै थियो। टुसाएका रबिका बुबाआमाका सपनाहरु पनि क्रमशः वयस्क हुँदै थिए। जसरी छत्र बहादुरको घरमा परिवर्तनका रेखा कोरिँदै थिए, त्यसैगरी देशमा पनि सामाजिक क्रान्ति या भनौँ समाज परिवर्तन गर्ने भन्दै जनयुद्धको आगो हरेक समाजमा दन्केको थियो।

छत्र बहादुरलाई पनि उनीहरुले 'तिमीहरुकै मुक्तिको लागि हो अब बन्दुक बोक्नपर्छ' भनी हर किसिमका सपना नदेखाएका होइनन् तर उसलाई आफ्नो छोरो रबिलाई पढेर ठूलो मान्छे बनेको हेर्ने सपनाको अगाडि अरु कुनै सपनाले बाजि मार्न सकेनन्। यसरी उसको इन्कारकै कारण केही मानिस रुष्ट भएका थिए।

पुस महिनाको मध्ये थियो। घामको अनुहार धर्तीले नदेखेको लगभग तीन दिन भैसकेको थियो। घामको तेज नपरेपनि गाउँमा क्रान्तिको ज्वाला दन्किरहेको थियो। दिनहुँ समाचारमा मान्छे मारिएका र जनसत्ताले कारबाही गरेका कुटेका पिटेका मात्र खबरहरु आउने गर्थे।

साँझ पर्न लागेको थियो, छत्रबहादुर गोठमा वस्तुभाउ थन्काउँदै हुन्छ। केही गाउँकै चिनेका मानिसहरु आउछन् जो क्रान्तिमा लागेका थिए। एकछिन काम छ हामीसँग जाउँ न भन्दै लिएर जान्छन्।

जानुकाले भान्साबाटै 'कहाँ जाने? खाना खाने बेला भएको छ' भन्छिन्। समूहको एकजनाले 'एकछिनमा आउनु हुन्छ भाउजू दाजु' भन्दै लिएर जान्छन्। जानुकाले रबिलाई बुबालाई लिएर गएको कुरा सुनाउछिन्।

रबिले 'पिर नगर्नु, एकछिनमा आउनु हुन्छ' भन्दै सम्झाउँछ। तर त्यो रात रबिको बुबा फर्किदैनन्। रातभर आमाछोरा कहाँ लगे होला भन्दै पिर मान्दै बिताउन बाध्य हुन्छन्।

एकाबिहानै गाउँभरि हल्ला चल्छ, पल्लो गाउँको नहरमा क्रान्तिकारीहरुले सुराकीको आरोपको एउटा पत्रसँगै कसैलाई मारेर फालेका छन् रे भन्ने। यो सुनेर रबि र आमा जानुका दौडिँदै त्यता लाग्छन्। जे नहुनु पर्ने आखिर त्यही भयो। दैवले बल्ल खुसी फुल्दै गरेको फूलको बोटै निमोठिदियो। छत्र बहादुरलाई मरणात्मक तवरले कुटेर मारेर फालेका रहेछन्।

भर्खरै बाबुको वर्षदिनको काम सकेर बसेको छोराले अचानक 'आमा म विदेश जान्छु' भन्दा जानुका झस्किन्। यी घटनाहरु मस्तिष्कमा घुम्न थाले। हुन पनि बाबुको मृत्युपछि घरको सबै अभिभारा रबिमाथि थियो।

सोही कारण उसले प्रवेशिका परीक्षा समेत दिन पाएन। अब छत्र बहादुरका सपना उसको मृत्युसँगै उजाडिएका थिए। सबैभन्दा बढी त जानुकालाई पिर थियो कि आफ्नो सन्तानलाई के बनाउने सपना थियो, त्यो परिबन्धले यसरी बाधिदियो आफ्नै अघि आफ्नो सन्तानको भविष्य उजाडिँदै गर्दा उनलाई असह्य पीडा हुन्थ्यो।

तर पनि उनले रबिको अघि कहिल्यै आफूलाई कमजोर पारिनन्। तर आज रबिको विदेश जाने कुराले आफूलाई रोक्न सकिनन् र भनिन् 'तेरो बुबाले पनि छोडेर जानुभयो, अब त पनि विदेश जाने भन्छस्। म कसरी कसको मुख हेरेर बसूँ?'

रबिले सम्झाउँछ 'अब पढाइ पनि छुटयो, ऋण पनि छ। बरु केही साल बाहिर गएँ भने केही पैसा कमाउँछु। त्यसपछि हजुरलाई पनि सुख हुन्छ अनि सँगै बसौँला' भनेर।

मनले नमाने पनि आफ्नो मायाको कारण रबिलाई गाउँमै अर्काको बनिबुतो गरेर वा गर्न लगाएर राख्दा बुढाको आत्मा पनि रोला सायद। यस्तै मन मनमा तर्कना गरी रबिलाई विदेश जाने कुरामा सहमती जनाइन्।

रबि विदेश गएको पनि लगभग एक वर्ष बितिसकेको छ। काम त्यति सजिलो नभए पनि घरको दुख सम्झेर र भोलि आमालाई सुखसँग राख्ने सपनालाई साकार पार्न रबि काम गर्छ।

अहिले त आमालाई मोबाइल पनि पठाइदिएको छ। मन लाग्दा आमासँग कुरा गर्छ। यता जानुका पनि दुखसुख दिन काट्दैछिन्। कहिले भोलि आउने खुसी सम्झँदै त कहिले विगतका ती घाउ अनि मुटु नै छिया छिया हुने कहाली लाग्ने ती दिनरात सम्झिँदै।

तर जे भएपनि अब जानुकाको जीवनमा सायदै दुखहरु बिलाउँदै गएका थिए। अब विदेशबाट फर्केपछि रबिको बिहे गर्न उनले बुहारी खोज्न जो थालेकी थिइन्। रबिले बताएअनुसार अबको केही महिनामा आउने कुरा पक्का थियो।

यस्तैमा एकदिन रबिको फोन आयो र भन्यो 'आमा, म छिट्टै आउँदैछु।'

जानुकालाई रबिको बोलीमा केही फरकपन महशुस भयो र सोधिन् 'के भयो बाबु, त सन्चै त छस्?'

उसले पनि 'केही होइन आमा, हजुरको न्यास्रो लागेर हो' भन्यो।

फेरि चिसो मौसम सुरु भएको छ। चिसो मौसममा जानुकाको मन पनि सधैँ चिसो भैरहन्छ। विगतमा घटेका घटनाले गर्दा। आज हुस्सुले छपक्कै छोपेको छ। नजिकैको पनि केही देख्न सकिँदैन।

जानुकाको घरै परतिर आज धानको बिटा बोक्ने दिन छ। मान्छेहरु कल्याङ कुलुङ बोलेको आवाज सुनिन्छ। एउटा भ्यान हुस्सुलाई चिर्दै जानुकाको घर अगाडि आएर रोकिन्छ। जानुका भान्साबाटै को हो? भनेर चियाउने प्रयास गर्छिन् तर ठम्याउन सक्दिनन् बाक्लो हुस्सुको कारण।

कसैले विस्तारै विस्तारै भनेको आवज सुनेपछि बाहिर आएर हेर्छिन्। कोही रबिलाई बोकेर ह्विलचियरमा राख्दैछ। रबि दुवै खुट्टा काम गर्ने क्रममा दुर्घटनामा परी गुमाएर आएको हुन्छ।

यो देखेर जानुकाले टेकेको जमिन भासिएको भान हुन्छ। चिच्याउन खोज्छिन् तर आवाज आउदैन। रबि पनि बलिन्ध्र आँसु झार्दै आमालाई हेरिरहन्छ। जानुकाले ह्विलचियरमा बसेको छोरा रबिलाई गएर सुम्सुम्याउँछिन् र रुदै अंगाल्छिन्।

सन्नाटा छाएको छ। स्तब्ध छन् आमाछोरा नै। केही बोल्न सकिरहेका छैनन्। यतिकैमा सन्नाटालाई चिर्दै एउटा आवाज आयो धानको बिटा बोक्नेहरु तिरबाट 'आज घाम उदाउँदैन कि क्या हो!'

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १५:१९
सिफारिस
१५ लाख ऋण घटाएर दुई लाखमा झारेकी पुनमको जीवनमा अर्को संकट
१५ लाख ऋण घटाएर दुई लाखमा झारेकी पुनमको जीवनमा अर्को संकट
इनम सापकोटामाथि अनुसन्धानमा प्रहरीले गरेको खेलाँची!
इनम सापकोटामाथि अनुसन्धानमा प्रहरीले गरेको खेलाँची!
'बाढी आएको १० दिनमै पुनर्वासको प्रस्ताव पठायौं, केन्द्र सरकारले अझै निर्णय गरेको छैन'
'बाढी आएको १० दिनमै पुनर्वासको प्रस्ताव पठायौं, केन्द्र सरकारले अझै निर्णय गरेको छैन'
प्रेमिकाको 'ड्रिम ब्वाई' बाट छोरीको 'ड्याडी कूल' बन्दै शाहरूख खान
प्रेमिकाको 'ड्रिम ब्वाई' बाट छोरीको 'ड्याडी कूल' बन्दै शाहरूख खान
ज्यान जोगाउन जग्गा बेचेका दलमर्दनलाई सरकारले भन्यो– तिमी सुकुम्बासी होइनौ!
ज्यान जोगाउन जग्गा बेचेका दलमर्दनलाई सरकारले भन्यो– तिमी सुकुम्बासी होइनौ!
देउवा पक्षको महाधिवेशन- खुल्दैछन् सभापति र महामन्त्रीका आकांक्षी
देउवा पक्षको महाधिवेशन- खुल्दैछन् सभापति र महामन्त्रीका आकांक्षी
नेपालका लागि कोप– अपेक्षित परिणाम आएन, तर कूटनीतिक लडाइँ हामीले जितेकै हो!
नेपालका लागि कोप– अपेक्षित परिणाम आएन, तर कूटनीतिक लडाइँ हामीले जितेकै हो!
सुनभन्दा दोब्बर बढी घटिसक्यो चाँदीको भाउ, अब फेरि बढ्ला?
सुनभन्दा दोब्बर बढी घटिसक्यो चाँदीको भाउ, अब फेरि बढ्ला?
वर्षौंसम्म पर्दामा नदेखिएकी तृप्ति यसरी फर्किइन् फिल्ममा
वर्षौंसम्म पर्दामा नदेखिएकी तृप्ति यसरी फर्किइन् फिल्ममा
Cg motors
Cg motors
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

केही सम्बन्धहरू सात फेरासम्म पुग्न सक्दैनन्!
असम्भव सभ्यता
भन्ज्याङमा रोकिएको जीवन!
अदृश्य खिल!
२० वर्षपछि उनले सोधिन्— खुसी छौ?
भाषाको भमरा!

विचार

डा. हेमनाथ पौडेल
युरोपमा समृद्धिको चमकभित्र बढ्दो संकट डा. हेमनाथ पौडेल
एलपी भानु शर्मा
हामीले के खोजेको हो? हामी कहाँ चुक्यौं? एलपी भानु शर्मा
अजय श्रेष्ठ
नेपालको हरियो सुन अजय श्रेष्ठ
मुराहरि पराजुली
नेप्से बढ्यो भने सेयर बजार सुधार हुन्छ? मुराहरि पराजुली
asian paints
asian paints
ime money transfer
ime money transfer

ब्लग

डा. सविन आचार्य
मुख सुक्खा हुनुको पछाडि स्जोग्रेन रोग त छैन? डा. सविन आचार्य
तुल्सीराम अर्याल
एउटा फोन र केही शब्द सँगै टुंगिएको अधुरो प्रेमको कथा तुल्सीराम अर्याल
योगराज दाहाल
मेरो गुम्न लागेको एक वर्षको जिम्मा कसले लिने? योगराज दाहाल
राजबहादुर शाही
बल्ल सुखका दिन देख्न पाइयो! राजबहादुर शाही
mukti
mukti

साहित्यपाटी

आशिष कमल पौडेल
केही सम्बन्धहरू सात फेरासम्म पुग्न सक्दैनन्! आशिष कमल पौडेल
garima
garima
नव सिलवाल
असम्भव सभ्यता नव सिलवाल
side bar 17- shivam inner
side bar 17- shivam inner
प्रेमनारायण भुसाल
भन्ज्याङमा रोकिएको जीवन! प्रेमनारायण भुसाल
जगत बोहरा
अदृश्य खिल! जगत बोहरा

केटाकेटीका कुरा

समृद्धि बस्ताकोटी
भाइटीका कि तिहार टीका? समृद्धि बस्ताकोटी
संस्कृत आचार्य
'जीवन काँडा कि फूल'मा मलाई मन परेको कुरा! संस्कृत आचार्य
हिमांशु भण्डारी
एक दृष्टिविहीन बालकले संसारलाई देख्न सिकाएको कथा! हिमांशु भण्डारी
हिमांश्री भण्डारी
कछुवा र अक्टोपसको मित्रता! हिमांश्री भण्डारी

पाठक विचार

केदार शर्मा
सेतोपाटीमा यस्तो सामग्री किन? केदार शर्मा
चतुर्भुज भट्ट
चतुर्भुज भट्टको खण्डन चतुर्भुज भट्ट
विभु पहाडी
हाम्रो माइतीघर फिर्ता गरिदेऊ! विभु पहाडी
खड्क बहादुर के.सी.
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र खड्क बहादुर के.सी.

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP