Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, फागुन २१, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सानो बालक 

योगराज आशिष दाहाल

म एक्लो तन लिएर

नयाँ भर्खर बन्दै गरेको सडकमा 

बामे सर्न सिक्दैछु।

सानो बालक त हैन 

तर म सानो बालक नै हुँ

किनकि,

मेरो यहाँ बोली बिक्दैन

बाँकी गर्न खोज्दा भोलि टिक्दैन

मेरो मन झुटको खेती जुटको खेती जसरी

नेताको झोला भएर गर्न सिक्दैन


त्यसैले त म बामे सर्न सिक्दैछु

सानो बालक त हैन म

तर, 

म सानो बालककै मोलमा बिक्दैछु

यहाँ 

कालो-कालोमा अन्यायपूर्ण व्यवहार गरिन्छ

कालो त्यो अलकत्रा मान्छे गधा सबैले किच्ने भुइँमा दलिन्छ।

कालो नै हो त्यो शालिग्राम तर त्यसको चन्दन अक्षता फूलका साथ पूजा गरिन्छ।

त्यसैले, 

म अझै बामे सर्न सिक्दैछु।

सानो बालक त हैन म

तर म सानो बालककै मोलमा बिक्दैछु।


यहाँ 

अन्यायको छाप्रोमा बसेर

हर्के दाइले बाकसभित्र न्यानोका लागि ओढेको कात्रो चोर्ने न्यायाधीश पुजिन्छ

खाली मैदानमा सपना कोर्ने एउटा कलाकार कुजिन्छ।

त्यति मात्र कहाँ हो र महासय 

उखान टुक्का र व्यङ्ग्य सुन्दै महान् वाणी भन्दै ताली गुन्जिन्छ।

त्यसैले, 

यस्ता कुराहरू बुझ्न म शब्द सिक्दैछु।

सानो बालक त हैन म

तर म सानो बालककै मोलमा बिक्दैछु।

 

यहाँ 

नारीको अस्मिता बिर्सिएर रात मोल तोकिन्छ

महिलालाई मैला हो भनी 

रातारात गल्ली गल्लीमा टोकिन्छ

आमा, दिदीबहिनी केही सम्बन्ध छैन यहाँ 

काला मैलायुक्त शब्द वाणले ठोकिन्छ 


त्यसैले म तोक्ने टोक्ने र ठोक्नेलाई झिक्दैछु 

सानो बालक त हैन म

तर म सानो बालककै मोलमा बिक्दैछु।

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १०:४०
सिफारिस
कुलमान घिसिङ भिडिरहेको काठमाडौं-३ मा मतगणना सुरू
कुलमान घिसिङ भिडिरहेको काठमाडौं-३ मा मतगणना सुरू
काठमाडौं क्षेत्र नम्बर १ मा आज राति नै मतगणना सुरू हुने
काठमाडौं क्षेत्र नम्बर १ मा आज राति नै मतगणना सुरू हुने
सेतोपाटी चुनाव विश्लेषण (भिडिओ)
सेतोपाटी चुनाव विश्लेषण (भिडिओ)
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
न्युजिल्यान्ड फाइनल पुग्दा फिन एलेनले ३३ बलमा शतक प्रहार गरेपछि बनेका ८ रेकर्ड
न्युजिल्यान्ड फाइनल पुग्दा फिन एलेनले ३३ बलमा शतक प्रहार गरेपछि बनेका ८ रेकर्ड
नेपालमै उच्च शिक्षा राम्रो भए विदेश पलायन हुने विद्यार्थी कम होलान्?
नेपालमै उच्च शिक्षा राम्रो भए विदेश पलायन हुने विद्यार्थी कम होलान्?
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
खहरे खोला!
पञ्च वर्षीय नतिजा!
बा!
अद्भुत तिमीले यो अनुभूति दियौ!

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP