Ncell
Setopati
x
Nammi
Setopati
x
Nammi
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन २२, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

औँठीको कथा

Nmb
Nmb
निरू त्रिपाठी

निरू त्रिपाठी

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

सुबोध भन्छ– 
‘प्रेमको एउटा नियम छ। 
प्रेममा सीमा हुनुपर्दछ।’
 
निशु भन्छ–
‘प्रेमको कुनै नियम छैन 
प्रेम स्वतन्त्र हुनुपर्दछ।’

सुबोध फेरि भन्छ–
‘प्रेम स्वतन्त्र हुँदा अराजक हुन्छ।’ 

निशु फेरि भन्छ –
‘प्रेममा सीमाङ्कन हुँदा घुटन हुन्छ।’

म निशु। पन्ध्र वर्षदेखि सुबोधसँग छु। हाम्रो प्रेमको आयु पनि पन्ध्रै वर्ष भयो। भन्न त प्रेमको आयु हुँदैन भन्छन् तर मेरो प्रेमको आयु छ, जुन सकिदैछ। यो आयु अहिले भेन्टिलेटरमा घिटघिट गर्दैछ जसको प्राण जतिखेर पनि जानसक्छ। अनि सबैकुराहरु सम्झना मात्रै सिमित रहनेछ। 

म सोह्र वर्षको मात्र थिए त्यतिखेर। सुबोध तीस वर्षको। उहाँ भर्खरै जापानबाट फर्किनुभएको थियो। हाम्रो भेट त्यस्तै एउटा पारिवारिक भोजमा भयो। उहाँ मेरो फुपुको जेठानीको माहिलो हजुरबुबाको नाती हुनुहुन्थ्यो। टाढाको नाता वा भनौँ नातै छैन। 

खाना खाँदै गर्दा हाम्रो परिचय र गफगाफ सुरु भयो। उहाँले आफूलाई अध्यात्मिक व्यक्ति हुँ भन्नुभयो। त्यो दिन उहाँलाई देखेर नै लाग्यो, ए अध्यात्मिक व्यक्ति त यस्तो पो हुँदो रहेछ। त्यही भोजमा नै हामीले एकअर्काको फोन नम्बर साँट्यौ। 

त्यही दिन बेलुकादेखि हाम्रो फोनमा लामो गफ हुन थाल्यो। उहाँलाई मन्दिर जान मन पथ्र्यो। हाम्रो पहिलो डेटिङ भद्रकाली मन्दिरमा थियो। कहिले पाटनको कृष्ण मन्दिर, कहिले पशुपतिमा साँझको आरती, कहिले दक्षिणकाली, कहिले बुढानिलकण्ठ त कहिले कलंकी माईको वरीपरी हाम्रो भेट बाक्लो हुन थाल्यो। हामीले काठमाडौँ, ललितपुर, भक्तपुरका प्राय सबै मठमन्दिरहरु चहारिसकेका थियौ केबल वंगलामुखी बाहेक। उहाँ भन्नुहुन्थ्यो–वंगलामुखी मन्दिर विहे अघि जानुहुन्न, विछोड हुन्छ रे। 

Premier
Premier

प्रेमको अर्को नियमः विश्वास। 

हो, मैले पनि विश्वास गरेँ। उहाँले जे भन्नुभयो त्यही नै मेरो लागि लालमोहर भयो। 

Ncell
Ncell

उहाँसँग भेटेपछि मेरो पहिलो जन्मदिनमा उहाँको हातबाट भागवत गीता उपहार पाएँ।  

‘यो पढ तिमीले जीवनको सार बुझ्नेछौ।’

त्यो उमेरमा मलाई जीवनको सार बुझ्नुनै थिएन तर प्रेमले मान्छेलाई के के गराउँछ। सकि-नसकी, नबुझि नबुझि, मन नलगाइ नलगाई भागवत गीता सकेँ। सुवोधलाई खुशी बनाउन पटकपटक पढिरहेँ। धेरै पटक पढेँ।

आज महसुस हुन्छ। त्यसरी सुबोधलाई खुशी पार्न मात्रै मैले आफैँलाई गाह्रो पारीपारी, मन लागि-नलागि भागवत पढ्नु गलत थियो। म जे हो त्यही देखाउँनुपर्थ्यो। म डराउनु हुदैँन्थ्यो। म लजाउनु हुँदैनथ्यो। मैले किताव बाहेक अरु पनि उपहार मनपर्छ भन्न सक्नुपर्थ्यो। 

मेरो इच्छा आकाँक्षा, मेरो रोजाइ, मेरो रहर, मेरो आग्रह उहाँले जान्न आवश्यक थियो। मलाई के मन पर्छ कस्तो स्वभावको छु त्यो उहाँले बुझ्न जरुरी थियो। तर मलाई उहाँलाई बुझाउनुपर्छ, भन्नुपर्छ भन्ने केही ज्ञान भएन। वास्तवमा म आफैं आफ्नो स्वभाव र आनिवानिप्रति अपरिचित थिएँ भने अरुलाई म यस्तो हुँ भनेर कसरी परिचित गराउन सक्थे होला?  १७ टेक्दै गरेको त्यो केटीले यतिधेरै कुरा बुझोस् पनि कसरी? सायद त्यही भएर होला त्यो उमेरलाई समाजले वयस्क देखे पनि कानुनले नावालिका नै देखिरहेको। 

म समयसँगै परिपक्क भएँ। उमेरसँगै जीवनको सार बुझ्दै गएँ। धेरै मेहेनत नै गर्नुपरेन विभिन्न भोगाइले आफ्नो स्वभाव र अरुको पनि स्वभाव चिन्दै गएँ। नत्र त सुबोधले त्यतिखेर प्रेम जस्तो बुझाउनुभयो मैले त्यस्तै बुझेँ। 

सुबोधले बुँदागत रुपमा भन्नुभयो। प्रेमका नियमहरु यस प्रकारका छन्–
१) प्रेममा समर्पित हुनुपर्छ। 
२) प्रेममा सवालजवाफ हुनुहुन्न। 
३) प्रेम अशान्त होइन शान्त हुनुपर्छ। 
४) प्रेममा वासना कम ह्दय बढी हुनुपर्छ। 
५) प्रेममा अरुको खुशी हेर्नुपर्छ। 
६) प्रेममा आफू हार्नुपर्छ। 

अनि म हारे सुबोधको प्रेममा। म हारेर सुवोधलाई प्रेम गरेँ। तर उहाँ मेरो प्रेममा हार्नुभएन। आफू हारेर मलाई प्रेम गर्नुभएन। उहाँ मसँग हारेको मलाई महसुस नै भएन। हाम्रो प्रेममा म सधैँ हारिरहेँ उहाँ सधैँ जितिरहनुभयो। तर मैले प्रेमको नियम मानेर त्यतिखेर जवालजवाफ नै गरिन। 

***
शिवरात्रीको दिन उहाँले मलाई शिवपार्वतीको प्रतिमा भएको चाँदिको एउटा पातलो औँठी लगाइदिएर भन्नुभयो– म तिमीलाई राधा होइन, पार्वती बनाउन चाहन्छु। विहे गर्छौ? 

मेरो आँखा रसायो। खुशीको आँसु थियो। सुवोधसँग सधैँ रहने एउटा सपना पुरा हुँदैथियो। वर्ररर रोएर नै भनिदिएँ- विहे गर्ने भए घरमा माग्न आउनू। 

सुबोधको परिवार माग्न आउनुभयो तर आमा–बुबा हाम्रो उमेरको अन्तरले अलि हिच्किचाउनुभयो। त्यही माथि जात पनि हामी उपाध्याय बाहुन उहाँहरु जैँसी बाहुन। एकछिन खैलाबैला भयो अनि छोरी नदिने कुरा भयो। 

म रातदिन रुन कराउन थालेँ। खाना खानै छोडेँ। विहे गरे सुवोधसँग गर्छु नत्र कोहीसँग पनि गर्दिनँ भनेर जिद्धी गर्न थालेँ। अवस्था यस्तो पनि भयो कि अब म मरिदिन्छु भनेर धम्की पनि दिन थालेँ। 

बुबाआमाले मेरो रुवाबासी देख्न नसकेर जेठो मामालाई घरमा बोलाउनुभयो।

‘जानीजानी छोरी के जैँसीलाई कन्यादान गरेर दिनू। लाजको पसारो समाज, कुटुम्ब आफन्तीले के भन्लान्। पोइल गई भने जैँसीनीबाट पनि झन् तल खस्छे बरु यो डंकीनीलाई तैँ मन्दिरमा लगेर टिकाटालो गरिदेँ। खर्चपानीको चिन्ता नलि तर हामी चाँहि विहेमा आउँदैनौँ। 

प्रेमको एउटा परिभाषा छः प्रेम अन्धो हुन्छ। 

हो म प्रेममा अन्धी भएँ अनि बुबाआमाविना नै सुवोधसँग विहे गर्न खुशी भएँ। मामाले मन्दिरमा लगेर मेरो कन्यादान गरिदिनुभयो। बुबाआमाको आर्शिवाद विना नै मेरो विहे सम्पन्न भयो। 

बिहेको केही वर्षपछि म एक दिन साँहिली औँलाको स्वयंम्बरको औँठी एकोहोरो घुमाउँदै थिए। 
सुबोधले त्यो औँठीलाई हेरेर भन्नुभयो। 

चाँदीबाट सुनको औँठी पहिराइदिएको थिएँ। अब एकदिन हिराको औँठी लगाइदिनेछु। 

सुबोधले सोध्नुभएन कि म के सोचेर एकोहोरीएको छु। उहाँले मलाई देख्नुभएन तर सिधैँ आफूले पहिराएको सुनको औँठी देख्नुभयो। त्यो दिन उहाँले मेरो औँलाको होइन औठीको मोल गर्नुभयो। 

‘त्यो चाँदीको औँठी प्रेम थियो, यो सुनको औँठी बन्धन लाग्दैछ, हिराको औँठी बोझ नहोस्।’ 

मैले त्यसदिन प्रेमको नियम तोडेर नै जवाफ दिएँ। 

प्रेमको अर्को नियम पनि छ। सुन्छौ? 

कस्तो नियम ? म जिज्ञासु भएँ। 

‘अनुशासन।’

सुबोधले त्यो दिन भन्नुभयो प्रेम अनुशासन पनि हो। 

अर्थात् मैले मेरो साँहिली औँलामा औँठी होइन अनुशासन लगाइरहनेछु। त्यस्तो अनुभूति भयो त्यो दिन।

*** 

यही अनुभूतिसँगै समय वित्दै गयो। विहे गरेको दश वर्ष भयो। वाचा अनुसार सुबोधले एनिभर्सरीमा हिराको औँठी नै लगाईदिनुभयो। मेरो साँहिली औँलालाई त्यो हिराको बोझ थाम्न गाह्रो भइरहेको थियो। अझ उहाँको अर्को प्रेमको नियमले त मेरो साँहिली औँला नै भाँचियो।

हिराको औँठी लगाइदिदै गर्दा उहाँले भन्नुभयो:
 ‘प्रेमको अर्को नियम पनि छ।
प्रेम उत्ताउलो हुनुहुन्न नत्र अपहरणमा परिन्छ।’

यति भनेर सुबोधले मेरो साँहिली औँलामा लक्ष्मण रेखा कोरिदिनुभयो। 

यसरी सुबोधले प्रेमको नियम बताउँदा बताउँदै कहिले प्रेमले प्रेमकै नियम तोड्यो थाहा नै भएन। 

शिवरात्रीकै दिन थियो। सुबोध र म टोलको शिव मन्दिरमा पूजा गर्न गएका थियौ। हाम्रो भेट एउटा नौलो जोडीसँग भयो। भर्खरै हामी बस्ने टोलमा बसाईँ सरेको रहेछ। पूजाको लाइनमा बस्दा सामान्य परिचय भयो। 

सुबोधको म पार्वती थिएँ, राधा होइन त्यसैले पनि पूजा सकेपछि उहाँको खुट्टाको पानी खाएर खुट्टा ढोगेँ। सुबोधले मलाई टिका लगाएर सौभाग्यवती भनेर आर्शिर्वाद दिनुभयो। 

अर्को नौलो जोडीले हामीले जस्तो केही गरेनन्। पूजा सकेपछि एकअर्कालाई टिका लगाइदिएर अँगालो मारे। 

बाटोमा ती जोडीहरूलाई इंकित गर्दै भनेँ– 
राजा, प्रेमको एउटा अति महत्वपूर्ण नियम छ। 
शिर पाउमा होइन सधैँ मुटुमा। 

सुबोध केही नबोलिकनै एकसुरमा घरको बाटो हिडिरह्यो। 

शिवरात्रीको त्यस्तै एक हप्तापछि बिहानै सुबोधले मर्निङ वार्कबाट सिधैँ त्यो मान्छेलाई घरमा चिया खुवाउन ल्याउनुभयो। 

एकसरो कपडामा फर्सीमुन्टा केलाउँदै गरेकी मेरो आँखा त्यो व्यक्तिसँग जुध्यो। यो आँखा जुधाइँ सामान्य थिएन। यो उसलाई पनि थाहा थियो र मलाई पनि। प्राय: नयाँ मान्छेसँग भेट्दा यस्तो हुँदैन तर उसँग भयो। हाम्रो आत्मालाई थाहा छ मन्दिरको पहिलो भेटमा पनि हाम्रो हेराइ सामान्य थिएन। एउटा अनौठो अनुभव पहिलो भेटमा नै भइसकेको थियो। 

‘निशु मसलेदार कडा चिया बनाउँ त हाम्रो लागि,’ सुबोधले भन्नुभयो। 

‘पर्दैन, दुःख नगर्नुस् निशुजी। अब घर गएर खाना नै खानेँ,’ मुसुक्क हाँसेर उसले भन्यो। 

उसले निशुजी भनेको मन पर्‍यो। मन शान्त भयो। कतै भाउजुको नाता लगाउँला कि भन्ने डर थियो। 

त्यसको केही महिनापछि उसँग एक दिन अचानक इन्द्रचोकमा भेट भयो। 

उसले नै समोसा चाट खान आग्रह गर्‍यो। 

मनले आनाकानी गर्दागर्दै मुखले भने झ्वाट्ट स्वीकारे। 

समोसा चाट खाँदै गर्दा मन भने स्थिर थिएन। आँखाहरु बहिर बाहिर डुलिरहेको थिए। टोलको कसैले देख्यो भने यत्तिक्कै कुरा बन्छ भन्ने डर थियो। हे भगवान, कसैले पनि नदेखोस् भन्दै विना गल्ती म डराउँदैथिएँ। 

कुराकै सिलसिलामा उसले भन्यो- मलाई घरमा माया गरेर निशु भनेर बोलाउँछ नि। मेरो साथीभाइले पनि निशान भन्दैन्न निशु नै भन्छन्। 

मेरो पुरै ध्यान बाटोमा हिड्ने र त्यही समोसा चाट खान आउने मानिसमा थियो। त्यसैले पनि मैले ‘ए होर’ भन्ने बाहेक अरु केही प्रतिक्रिया दिन सकिनँ। 

उ अझ कुरा अगाडि बढाउँदै थियो- पहिलो पटक हामी मन्दिरमा भेट्दा, तपाइँले आफ्नो परिचय दिइरहँदा मलाई मेरो पो परिचय दिइरहनु भएको जस्तो आभास भयो। तपाइँलाई कस्तो भयो? उसले मेरो अनुभव सोध्यो तर मैले अब मलाई ढिलो भयो भनेँ। 

 ‘म छोडिदिउँ एउटै टोल त हो,’ उसले सोध्यो।

मैले होइन ट्याक्सीमा नै जान्छु भनेँ। 

बाटोभरी मन ढुकढुक भइरह्यो। यस्तो अनुभव पहिला कहिले भएको थिएन। फेरि कृष्णअष्टमी मनाउन टोलमा एउटा समिति गठन भयो। म त्यस समितिको कोषाध्यक्ष र निशान उपाध्यक्ष भयो। त्यसपछि हाम्रो भेट कामकै सिलसिलामा दिनहुँ हुन थाल्यो। फोन नम्बर साटासाट भयो। एकअर्काको निजी जीवनको बारेमा पनि चर्चा गर्न थाल्यौ। कुराको शिलशिला फोनमा घण्टौँ लम्बिन थाल्यो।

उसको मागी होइन भागी बिहे रहेछ। एक अर्कासँग छुटिन नसकेर गाउँबाट भागेर काठमाडौँ अनि काठमाडौँबाट पनि भागेर कोरिया गएको रहेछ। आफू पढ्ने कलेजको प्रिन्सिपलकै छोरी भगाएकोमा पछि उसलाई काठमाडौँमा समातेर पन्ध्र दिन जेल पनि हालेछ। 

यस्तो जोडी पनि खाली खाली भएर बाँचिरहेको देखेँ। मन्दिरमा उनीहरुलाई देख्दा साँच्चै राधाकृष्णाको जोडि लागेको थियो तर यर्थार्थ अर्कै रहेछ। मेरो पनि त यथार्थ अर्कै थियो। सायद कहिलेकाँहि एउटा खाली मनले अको खाली मनको आवाज सुन्छ। यही आवाज सुन्नु नै प्रेमको अर्को परिभाषा होला। 

कृष्णाअष्टमी भव्य नै भयो। टोलमा कृष्णलिला सकियो तर हाम्रो लिला सुरु भयो। हामी दुवैले एकअर्कालाई निशु भनेर सम्बोधन गर्न थाल्यौ।  

कुराकानीमा प्रेमले तपाइँ हुँदै, तिमी अनि तँ भनेर बोलाउन थाल्यौ।  अनि बल्ल पो प्रेम स्वतन्त्रता भएको महसुस भयो। 

प्रेममा दुवैले कहिलेकाँहि तँ भनेर सम्बोधन गर्दा पनि रमाइलो लाग्दोरहेछ। न त्यहाँ महिलाको सामाजिक वाध्यता न त पुरुषको दम्भ। निशानले मलाई कुनै परिधिविना नै प्रेमसंवाद गर्न सिकायो। 

एक दिन हामी टौदह घुम्न गयौँ। दहको वरीपरी हिडिरहँदा उसको र मेरो हातका औँलाहरु छुदै, छुटिदै थिए। वरीपरी वातावरणहरु हेर्थ्यौ एकअर्काको हात समातिहाल्थ्यौ अनि फेरि कोही देखिहाल्यौ भने हटाइहाल्थ्यौ। हामीले हात समात्दा हाम्रो औँलाहरुको मात्रै स्पर्श हुँदैनथ्यो। हाम्रा साँहिली औँलाका औँठीहरु पनि एकअर्कामा ठोकिन्थ्यो। 

औँलाहरु हाम्रा थिए तर औँठीहरु कसैको। 
निशानलाई सोधे– प्रेमको के नियम छ निशु? 

उसले भन्यो– प्रेमको नियम नै हुँदैन। जहाँ नियम हुन्छ त्यहाँ स्वतन्त्रता हुँदैन। यदि प्रेममा नियम भयो भने त्यो तोडिन्छ। नियमहरू तोड्नको लागि बनाइन्छ किनभने यदि सबैले दिइएको नियमको सीमा भित्र यात्रा गरे, कुनै क्षितिज कहिल्यै विस्तार हुनेछैन। 

मैले केही बुझेँ केही बुझिनँ पनि। 

बुझेँ त प्रेम स्वतन्त्र हुनुपर्दछ। अलि बढी आफ्नै तरिकाले बुझेँ त हामी दुवैले साँहिली औँलामा औँठी लगाएको छ जसको निश्चित घेरा छ, परिधि छ। 

त्यहाँबाट फर्किदा पनि गाडीमा उसको औँठी हेरेँ, मेरो पनि औँठी हेरेँ। मनमा धेरै कुराहरु आएँ। यो यात्राको भविष्य छैन जस्तो लाग्यो। तर भविष्य हेरेर यात्रा पनि त गर्ने होइन जस्तो पनि लाग्यो। ला! म के गर्दैछु, के हुँदैछु, कता जाँदैछु जस्तो कुराहरु दिमागमा एकाएक आउन थाल्यो। मनमा कताकता हिनताबोध पनि भयो। 

त्यहीँ दिन बेलुका मनको त्यो हिनताबोध मेटाउन सुबोधको छेउमा गएँ। 

सुबोधको औँलाहरुलाई चुम्दै र उसले लगाएको साँहिली औलाको औँठी चलाउँदै भने– कति भयो हामी राम्ररी गफ नगरेको। एकअर्कालाई महसुस नगरेको त जुगौँ भइसक्यो। राजा तपाइँ आश्रममा धेरै व्यस्त हुनुभयो। 

‘म आश्रममा होइन, भगवानसँग व्यस्त भएको हुँ निशु। म प्रभुमा हराउन चाहन्छु। त्यसैले आश्रम जान्छु,’ सुवोधले भन्नुभयो।

तर म तपाइँमा मात्रै हराउन चाहन्छु। भगवानसँग होइन। मसँग धेरै समय विताउनुस् अब। भगवानसँग समय विताउन उहाँहरुकै जोडी छन्। शिवलाई पार्वतीसँगै व्यस्त हुन दिनू विष्णुलाई लक्ष्मीसँगै, कृष्णलाई रुकमणीसँग, रामलाई सीतासँग। भगवानहरुलाई पनि त प्राइभेट समय चाहिएला। 

भक्तालुहरुले अति गर्दा उहाँहरुको गृहस्थी नै विग्रेला। जुन मेरो विग्रदैछ। मैले सही बोले या गलत बोले थाहा भएन तर भावनामा बोल्न चाँहि के के बोलेँ। धेरै नै बोलेँ। 

सुबोधलाई मेरो कुरा मन परेन। उहाँले मलाई रोक्नुभयो र सोध्नुभयो– तिमीलाई यस्तो यस्तो कुरा गर्न कसरी आयो? कस्ले सिकायो ? 

मैले जवाफमा मेरो अनियन्त्रित मनले भनेँ। 
उहाँले भन्नुभयो, प्रेमको अर्को नियम छः
‘मनलाई नियन्त्रण गर्नुपर्छ नत्र दुर्घटना हुन्छ।’ 
आज म चाहन्छु तपाइँसँग यादगार दुर्घटना होस्। 
मेरो यो आग्रहलाई सुबोधले प्रेम होइन वासना भनिदियो। 
‘निशु यति कामुक हुनु राम्रो होइन। काम वासनाले मानिसलाई सिध्याउँछ, खरानी बनाउँछ।’ 

म आज सिध्धिन चाहन्छु। खरानी भएर तिम्रै अगाडि थुप्रिन चाहन्छु। मैले सुबोधलाई पन्ध्र वर्षपछि पहिलोपटक ‘तिमी’ भनेर सम्बोधन गरेँ। 

सुबोध जुरूक्क उठेर भन्यो– यस्तो इच्छाले व्यक्तिलाई कमजोर बनाउँछ।  

त्यो दिन सुबोधको अर्को प्रेमको नियम थाहा भयो। 
प्रेम कदापि कमजोर हुनुहुन्न, सदैव वलवान हुनुपर्छ। 
उठेर हिड्न लागेको सुबोधको नाडी च्याप्प समातेँ। 
सुबोधले फेरि भन्नुभयो
प्रेमको अर्को नियम छ 
‘प्रेम आत्मामा मात्रै हुनुपर्छ शरीरमा आए विकार हुन्छ।’ 
मैले पनि प्रश्न गरेँ।
प्रेम त आत्मा हुँदै शरीरमा आउँदा झन् स्वर्ग हुन्छ होइन र?

सुवोधले त्यो सारा भ्रम हो भन्नुभयो। मेरो यस्तो सोच अज्ञानता परिणाम हो भन्नुभयो। म उहाँसँगै आश्रम नजानुको कारण यो हो भन्नुभयो। उहाँले ल्याइदिएको किताबहरु बुझेर नपढ्नाको प्रतिफलहरु हुन् भन्नुभयो। मैले प्रभुको ध्यान नगर्दा पाएको सजाय हो यो भन्नुभयो। र प्रभुलाई प्रेम नगर्नाले नै मेरो मन विचलित भएको हो समेत भन्नुभयो। 

मैले भनेँ– मलाई मान्छेसँग नै प्रेम गर्नुछ। मलाई भगवान भएर होइन मान्छे भएर नै मान्छेसँग प्रेम गर्नुछ। तपाइँसँग प्रेम गर्नुछ। तपाइँमा विलिन हुनुछ। तपाइँसँग शुन्यतामा हराउनुछ। तपाइँसँगै कपास झैँ हलुका हुन मन छ। तपाइँलाई महसुस गर्नुछ। यही इच्छा हो मेरो। 

मलाई भगवानसँग प्रेम गर्न आउँदैन। तर मान्छेलाई प्रेम गर्न आउँछ। यदि तपाइँको प्रभुलाई मैले मान्छेसँग मात्रै प्रेम गरेकोमा समस्या छ भने मलाई भन्नु केही छैन। 

उहाँ दरो भएर ढोकातिर हेर्दै भन्नुभयो ‘तिमी उत्ताउलो हुँदैछौँ। जुन आत्मा र शरीरको लागि हानिकारक छ।’
अनि म केही बोलिनँ। उहाँको नाडी छोडिदिएँ। 
यता उहाँको नाडी छोडे उता निशानसँग आत्मा जोडेँ।

एकदिन निशान भावुक हुँदै भन्यो– तिम्रो सारा चिज मेरो जस्तो लाग्छ। तिमी स्वयंम नै मेरो हौ जस्तो लाग्छ। सत्य, तिम्रो यी औँलाहरु सबै मेरो नै हुन्। वश होइन त यो औँठी। 

‘तिम्रा औँला सबै मेरा
तर औँठी कसैको
तिम्रो र मेरो भेट प्रिय
मिठो भूल जीवनको....’

हामी औँठी लगाएर नै भेट्थ्यौ। कुनै पनि भेटमा औँठी खोलेर भेटेनौ। औँठी हाम्रो यथार्थ थियो र यो यथार्थसँगै हामी यात्रा गरिरह्र्यो। 

प्रेमको नियम होइन एउटा परिभाषा छः प्रेमले चरित्र कोर्दैन।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०९:२७
सिफारिस
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
खहरे खोला!
पञ्च वर्षीय नतिजा!
बा!
अद्भुत तिमीले यो अनुभूति दियौ!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP