प्रदेश २ का सत्ताधारी दलहरु समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले संयूक्त रुपमा प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराएका छन्।
समाजवादी पार्टीका सचेतक शैलेन्द्र साह र राजपाका प्रमुख सचेतक परमेश्वर साहले संयुक्त रुपमा दर्ता गरेको प्रस्तावमा प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम कायम राख्नुपर्ने उल्लेख छ।
प्रस्तावमा राजधानीको सीमा समेत तोकिएको छ। राजधानीको सीमामा मिथिला माध्यमिक परिक्रमा सडक, उत्तरमा ढल्केवर राजमार्ग, पूर्वमा कमला नदी सम्म र दक्षिणमा भारतको सीमासम्म तोकिएको छ।