नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेकी छन्।
राष्ट्रपति निवासमा राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भएको भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको बताइएको छ।
यसअघि बिहान प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न गएका थिए।
नेकपाभित्र विवाद चर्किएका बेला राष्ट्रपति भण्डारीले नेकपाका नेताहरूसँग पटक पटक छलफल गर्दै आएकी छन्।