नेकपा एमालेले ६३ जिल्लामा अधिवेशन गरेको छ।
अधिवेशनबाट जिल्ला अध्यक्षसहित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन्। अधिकांश जिल्लामा सर्वसम्मत अध्यक्ष चयन भएका छन् भने केही जिल्लामा निर्वाचन पनि भएको थियो।
पर्सा, चितवन, सिन्धुपाल्चोक, दैलेख र मुगुमा अधिवेशन उद्घाटन गरे पनि नेतृत्व चयन गर्न बाँकी रहेको एमालेले जनाएको छ।
साथै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रूकुम पूर्व, रोल्पा, हुम्ला र बझाङमा अधिवेशन हुन सकेका छैनन्।
कोरोना महामारीलगायत कारणले यी जिल्लामा अधिवेशन भएका छैनन्।
एमालेले गत मंसिरमा चितवनमा दसौं महाधिवेशन गरेको थियो। महाधिवेशनपछि जिल्ला अधिवेशन गरिएका हुन्। प्रदेश अधिवेशन भने गर्न बाँकी नै छ।



प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८, ०४:३६:००