Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, असार ११, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

समयको ऐना!

ध्रुवचन्द्र दवाडी 'मनस्वी'

पुस २२

सपनाका भारीहरूले थिचिएर
यो अनन्त दौडमा सामेल छ मान्छे
बजारमा कोही खुसीको मोलमोलाइ गरिरहेछ
त कोही आफ्नै छातीभित्र पीडाको कुरुक्षेत्र लुकाइरहेछ।

भीडको यो महासागरमा
आज मान्छे आफ्नै परिचयसँग तर्सिएर
अनुहारमा एउटा कृत्रिम 'प्लास्टिकको मुस्कान' लगाएर हिँड्छ
जहाँ अग्ला महलहरूले आकाश त टेके
तर मनको पिँढी झन्‌झन् साँघुरिँदै गयो।

इँटा र सिमेन्टका यी निर्जीव पर्खालभित्र
मानवीय संवेदनाका झिल्काहरू निसास्सिएका छन्
हाम्रो मित्रता आज 'नेटवर्क' भित्र कैद छ—
हजारौँ 'लाइक' हरूको भीडमा हामी हराएका छौँ
तर छिमेकीको सुस्केरा सुन्न भने झ्यालका पर्दाहरू तान्छौँ।

खेतका गराहरूमा किसानको पसिनासँगै सपना उम्रिनुपर्ने
तर यहाँ त सपनाहरू माटोमै पुरिन्छन्—
केवल भाषणका ओभानो मञ्चहरूमा मात्रै
कागजी विकासका फूलहरू गमक्क फुलेका छन्।

कतै भोकले रित्तिएका पेटहरूको चित्कार छ
कतै भोगले डकारिरहेका स्वार्थहरूको थुप्रो छ
यस्तो लाग्छ— यो संसार भावनाको घर होइन
केबल एउटा रङ्गिन बजार हो।

तर यात्री!
निभेका आँखाहरूमा अझै केही झिल्काहरू बाँकी छन्
शून्यताको गर्भबाटै इतिहासको नयाँ अध्याय जन्मन्छ
त्यसैले,
त्यो निःस्वार्थ बाल्यकालको धमिलो ऐना एकफेर पुछेर हेर
मनमा जेलिएको स्वार्थको माकुरी जालो पखाल
किनकि
वास्तविक जीवन त त्यही हो, जो अरूका लागि मैनबत्ती बनेर पग्लिन्छ। 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १८:००
सिफारिस
जर्मन सरकारले राहदानी ठेक्का प्रकरणमा नेपाल सरकारलाई पठायो कडा विरोधपत्र
जर्मन सरकारले राहदानी ठेक्का प्रकरणमा नेपाल सरकारलाई पठायो कडा विरोधपत्र
कक्षा १२ को नतिजामा लापरबाही भएको विद्यार्थीहरूको आरोप, के भन्छन् शिक्षामन्त्री?
कक्षा १२ को नतिजामा लापरबाही भएको विद्यार्थीहरूको आरोप, के भन्छन् शिक्षामन्त्री?
मन्त्रीका सल्लाहकार र सचिवालय संख्या बढाउने निर्णयबारे ३ सचिव र ४ सहसचिवसँग कुराकानी
मन्त्रीका सल्लाहकार र सचिवालय संख्या बढाउने निर्णयबारे ३ सचिव र ४ सहसचिवसँग कुराकानी
अमेरिकामा क्यान्सरको औषधि अनुसन्धान गर्दै
अमेरिकामा क्यान्सरको औषधि अनुसन्धान गर्दै
रास्वपा पदाधिकारीमा यी ६ पदका लागि हुनेछ निर्वाचन, कुन पदमा को-को आकांक्षी?
रास्वपा पदाधिकारीमा यी ६ पदका लागि हुनेछ निर्वाचन, कुन पदमा को-को आकांक्षी?
सिँढी चढ्ने ह्लिलचेयरको कथा
सिँढी चढ्ने ह्लिलचेयरको कथा
मधेसमा 'भुसको आगो' बन्दै लागुऔषध
मधेसमा 'भुसको आगो' बन्दै लागुऔषध
फिफाले गर्‍यो एन्फालाई निलम्बन
फिफाले गर्‍यो एन्फालाई निलम्बन
के रोनाल्डो लयमा फर्किएका हुन्? (भिडिओ)
के रोनाल्डो लयमा फर्किएका हुन्? (भिडिओ)
थप

साहित्यपाटी

सपना र समयले थिचिएको म!
साथका अवशेषहरू!
फेरि एक पटक फर्किएपछि...
नीलिमा!
अव्यक्त प्रेम!
म त शान्त मौन आकाश हुँ!

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP