नेकपा एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा मनोनीत भएका छन्।
मंगलबार बसेको पार्टी सचिवालय बैठकले सिन्धुपाल्चोकका देउजालाई सचिव मनोनीत गरेको एक सदस्यले बताए।
यसअघि सचिव रहेका नवराज सिलवाल केन्द्रीय सदस्य उम्मेदवार बनेपछि उक्त पद रिक्त थियो।
तल्लो कमिटीमा जिम्मेवारीमा रहेको माथिल्लो कमिटीमा उम्मेदवार बने तलको पद रिक्त हुन्छ।
देउजा बागमती प्रदेश कमिटीको सचिवालय सदस्य थिए।