सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
यहाँ १५ जनालाई करेन्ट लागेको थियो।
कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाको सिमाना कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई बिजुलीको तारले छुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
कुमाख गाउँपालिका–१ का २६ वर्षीय लोकेन्द्र राना र २२ वर्षीय गोपाल बुढामगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।
बसको छतमा पार्टीको झन्डा समातेर बसिरहेका यात्रुलाई बिजुलीको तारले छुँदा करेन्ट लागेको थियो।
करेन्ट लागेका थप यात्रुको चौरजहारीमा रहेको मिसन अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, ०३:१२:००