नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा आज बन्द सत्र चलिरहेको छ।
अपराह्न ३ बजेपछि सुरू भएको बन्द सत्रमा सुरूमा अध्यक्ष केपी शर्मा ओलीले बोलेका थिए।
त्यसपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोलेका छन्। पोखरेलले छुट्टै अवधारणा पत्र प्रस्तुत गरेका छन्।
गत शुक्रबारको सचिवालय बैठकले पोखरेललाई आफ्नो पालोमा अवधारणा पत्र राख्न दिने सहमति गरेको थियो।
पोखरेलले महासचिव शंकर पोखरेललाई केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमै पुगेर अवधारणा पत्र बुझाएका थिए।
साथै उनले आफूले उठान गरेका विषयहरू पनि पार्टीले बन्द सत्रमा पेस गर्ने दस्तावेजमा समावेश हुनुपर्ने बताएका थिए।
यो पनि: ईश्वर पोखरेलले दर्ज गरेको दस्तावेजमा के छ? (पूर्णपाठ)