नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस भएको छ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ कृष्ण सबुज बानियाँ, सुभाष अधिकारी, श्यामकृष्ण खड्गी, लक्ष्मण के.सी, सुसन वैद्य, मनोज भण्डारी, माधव तिमिल्सेना, कृष्णमान श्रेष्ठ, रवि केसी., इन्दिरा चौलागाईं र अम्बिका शर्माको नाम सिफारिस भएको छ।
समानुपातिकतर्फ भीमसेन दास प्रधान, जीवन डंगोल, सावित्री राजभण्डारी, लक्ष्मण महर्जन, पशुपति गुरुङ, रामबहादुर रजक (रम्बा), मुजादिन मिजान, यासिवा रहमान र गोविन्द परियारको नाम सिफारिस भएको छ।
साथै राष्ट्रिय सभातर्फ शिवचन्द्र शाहीको नाम सिफारिस भएको हो।