नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत ४० वर्ष मुनिका मधेसी युवामा निर्विरोध भएको छ।
एमालेको ११ औं महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार ४० वर्ष मुनिका २ जना मधेसी युवाको पदमा दुई जनाको मात्र उम्मेदवारी परेको हो।
जसअनुसार ४० वर्षमुनिका मधेसी युवामा अमर कुमार यादव र रौनित साह रहेका छन्।
दुई जनाको पदमा दुई जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन्।