नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका रघुजी पन्तलाई अध्यक्ष केपी शर्मा ओली समूहमै समेटिएको नेताहरूले बताएका छन्।
पन्त उपाध्यक्षका आकांक्षी थिए तर अध्यक्ष ओली समूहले बनाएको उम्मेदवार सूचीमा परेका थिएनन्।
स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका पन्तलाई अध्यक्ष ओली र ईश्वर पोखरेल समूहले आफ्नो टिममा पार्न कुरा गरेका थिए।
अध्यक्ष ओलीले पन्तसँग सोमबार कुराकानी पनि गरेका थिए।
नेता प्रदीप ज्ञवाली उपाध्यक्षमा उठ्न नमानेपछि ओली प्यानलमा एक पद खाली थियो। सो ठाउँमा रघुजी पन्तलाई समेटिएको ओली पक्षका नेताहरूले बताएका छन्।
एमालेमा ५ जना उपाध्यक्ष रहने व्यवस्था छ।
ज्ञवालीले भने केन्द्रीय सदस्यमामात्रै उम्मेदवारी दिएका छन्।