नेकपा (एमाले)को ११ औं महाधिवेशन अन्तर्गत बुधबार मतदान हुँदैछ।
बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपनि केही ढिला हुने भएको छ।
अहिले भृकुटीमण्डपमा प्रतिनिधिहरूको चहलपहल बढेको छ।
केही प्रतिनिधिहरू मतदानका लागि लाइनमा छन्।
केही प्रतिनिधि लाइनमा बसेका प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।
मतदान स्थलमा पदाधिकारी तहका उम्मेदवारहरू पनि उपस्थित हुने क्रम जारी छ।
एमाले महाधिवेशनका लागि २ हजार २६२ जना प्रतिनिधि छन्।
मतदान विद्युतीय भोटिङ मेसिनबाट हुनेछ।
यसअघि बन्द सत्र भएको हलमा नै मतदान हुने भएको छ।
मतदान स्थलमा विद्यतीय भोटिङ मेसिन तयारी अवस्थामा लहरै राखिएका छन्।
२२ सय बढी प्रतिनिधिका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएका छन्।
एक प्रतिनिधिलाई मतदान गर्न कम्तिमा ३५ मिनेट लाग्नेछ।
तस्बिरहरूः
-ink-1765940235.jpeg)
-ink-1765940234.jpeg)
-ink-1765940233.jpeg)
-ink-1765940232.jpeg)
-ink-1765940232.jpeg)
-ink-1765940231.jpeg)
-ink-1765940231.jpeg)
-ink-1765940231.jpeg)
-ink-1765940228.jpeg)
-ink-1765940230.jpeg)
-ink-1765940230.jpeg)
-ink-1765940231.jpeg)
-ink-1765940228.jpeg)
-ink-1765940229.jpeg)
-ink-1765940229.jpeg)
-ink-1765940228.jpeg)
-ink-1765940228.jpeg)
-ink-1765940232.jpeg)
-ink-1765940233.jpeg)
-1765941511.jpeg)
-1765941512.jpeg)
-1765941511.jpeg)
-1765941511.jpeg)
-1765941511.jpeg)