नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जबाफ दिन प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने विपक्षी दलहरूले माग गरेको लामो समयपछि प्रधानमन्त्री बालेन शाह आज प्रतिनिधि सभा बैठकमा उपस्थित भएर रोस्ट्रम पुगेका छन्।
सांसदहरूले प्रश्न सोध्न चाहेको भन्दै उनले समय दिन सभामुखलाई आग्रह गरेका छन्।
सभामुखले सांसदहरूलाई २ मिनेटमा प्रश्न सोध्न आग्रह गरेका छन्।
यसमा नेकपा एमाले र नेकपाका प्रमुख सचेतकहरूले आपत्ति जनाएका छन्। विगतमा प्रधानमन्त्रीले संसदमा सांसदका प्रश्नको जबाफ दिने समय निर्धारण गरेर लिखित प्रश्न लिएपछि मात्रै प्रधानमन्त्रीले जबाफ दिने प्रचलन थियो।
लाइभ-