प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको पाइएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा मिचेको विषय आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका हुन्।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भारतले नेपालको लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए। भारत र चीनले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवर यात्रा सुरू गरेका थिए।
उक्त प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री शाहले टेबल टक गर्नुपर्ने बताए।
'यो विषय कुटनीतिक रुपमा टेलब टक... तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ', प्रधानमन्त्री शाहले भने, 'यो कुरा अस्ति भर्खर थाहा भयो। हामीले मिचेका छौँ। उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौँ।'