मदिरा सेवनपछि विवाद हुँदा दाङमा एक जनाको हत्या भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १५ सुस्मा रोड निवासी ३२ वर्षीय ईन्द्रबहादुर रावतलाई घोराही ५ वसन्तपुर निवासी १९ वर्षीय राजकुमार केसीले बाँसको ठेटाले आक्रमण गर्दा रावतको घटनास्थलमै मृत्यु भएको हो।
सोमबार दिउँसो पौने १ बजेतिर मदिरा सेवनपछि भएको विवादका क्रममा केसीले रावतमाथि बाँसको ठेटाले टाउकोमा आक्रमण गरेका थिए।
जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार रावतको हत्यापछि फरार केसीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
हत्या गरिएका रावतको शव पोष्टमार्टमाको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।