प्रतिवन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन्।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा तीनै जनाका साथबाट नाइट्रोभेट ट्याब्लेट तीन सय चक्की बरामद भएको प्रहरीले जनाएको छ। रासस