नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ४ मा रहेको चौधरीको घरमा घरमा कोही नभएका बेला गेट र ढोकाको ताला फोडेर चोरी भएको हो।
उनका आफन्त सोमबार सचेतक घरमा पुग्दा गेटको ताला फोडिएको देखेपछि चोरी भएको पत्ता लागेको हो। घर भित्र दराजहरुको ताला फोडेर सरसामान छरपष्ट अवस्थामा पाइएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए।
‘घरमा बहुमुल्य सामान केही भएको जस्तो देखिएन, त्यसकारण त्यति धेरै क्षति भएको देखिएन’ प्रवक्ता शाहले भने ‘सचेतक चौधरी चुनावको मतगणना सकिए लगत्तै काठमाडौं गएकाले घरमा कोही थिएन।’