कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई शुक्रबार दिउँसो २ बजे ओम अस्पताल भर्ना गरिएको उनीनिकट स्रोतले बतायो।
थापाले बिहीबार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरेका थिए। शुक्रबार संक्रमण पुष्टि भएपछि उनी घरमै बसिरहेका थिए।
अचानक श्वासप्रश्वासमा समस्या आएपछि थापालाई अस्पताल भर्ना गरिएको राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
थापा अहिले आइसियू कक्षमा उपचाररत् छन्। उनको स्वास्थ्य अवस्था क्रमश: सुधारोन्मुख रहेको बर्तौलाले बताए।