विश्वमा कोरोना भाइरसको संक्रमण अहिले पनि तीव्र गतिमा फैलिरहेको छ। हाल विश्वको संक्रमित संख्या ४ करोड नाघिसकेको छ।
पछिल्लो २४ घण्टामा ३ लाख २४ हजारको नयाँ संक्रमित थपिएका छन्। यसअघि अक्टुबर १६ मा सबैभन्दा धेरै संख्यामा संक्रमित फेला परेका थिए। सो दिन ४ लाख १३ हजार संक्रमित फेला परेका थिए।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ७१ जनाको कोरोनाबाट ज्यान गएको छ।
वर्ल्डमिटरका अनुसार हालसम्म विश्वको संक्रमित संख्या ४ करोड २ लाख ७८ हजार २ सय ७ छ। जसमा संक्रमित भएका मध्ये ११ लाख १८ हजार ३ सय २१ जनाको ज्यान गएको छ।
यस्तै संक्रमितमध्ये ३ करोड १ लाख १२ हजार १ सय ९३ जना निको भएका छन्।
हाल विश्वमा कोरोनाको सक्रिय संक्रमित संख्या ९० लाख बढी छ।
यी सर्वाधिक संक्रमित भएका १० मुलुक
कोरोना संक्रमणबाट सर्वाधिक प्रभावित मुलुकको सूचिमा अमेरिका अझै पहिलो स्थान छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः भारत र ब्राजिल रहेका छन्। अमेरिकामा हालसम्म ८३ लाख ८७ हजार संक्रमित भइसकेका छन् भने भारतको संक्रमित संख्या ७५ लाख बढि छ। यस्तै ब्राजिलमा यो संख्या ५२ लाख ३५ हजार बढी छ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ४५ हजार बढी नयाँ संक्रमित थपिएका छन् भने भारतमा यो संख्या ५५ हजार माथि छ। यस्तै ब्राजिलमा ११ हजार नयाँ संक्रमित फेला परेका छन्।
५ लाख भन्दा बढी संक्रमित भएका मुलुकको संख्या विश्वमा १३ पुगेको छ। यो सूचिमा दक्षिण अफ्रिका, बेलायत तथा इरान लगायतका मुलुक समावेश छन्। विश्वको ६० प्रतिशत संक्रमित संख्या अमेरिका, भारत, ब्राजिल, मेक्सिकोको, ब्रिटेन र इटालीबाट छन्।
यस्तै कोरोनाबाट भएको कुल मृत्युमा अमेरिका, भारत, ब्राजिल र मेक्सिकोको हिस्सा ४० प्रतिशत रहेको छ। यी चार मुलुकमा हालसम्म ६ लाख मानिसको कोरोनाबाट मृत्यु भएको छ।
संक्रमणको सर्वाधिक सक्रिय केस अमेरिकामा छ भने भारत दोश्रो स्थानमा पर्छ।