डोटीमा आज राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ।
अब १० दिनसम्म डोटीमा निषेधाज्ञा हुनेछ। वैशाख ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए।
डोटीमा एक सय ७३ जनामा कोरोना देखिएको छ भने कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ। प्राय: भारतबाट फर्केकाहरूमा कोरोना संक्रमण देखिएको छ।
यस्तै बागलुङमा आजदेखि निषेधाज्ञा लागु भएको छ। १० दिनका लागि निषेधाज्ञा लगाइएको हो। वैशाख महिनाभर यहाँ निषेधाज्ञा हुनेछ।