प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षकको सरूवा गरेको छ।
मंगलबार प्रधान कार्यालयले एक वर्ष कार्यअवधि पुगेका जिल्लाहरूमा प्रहरी प्रमुख (एसपी) परिवर्तन गरेको हो।
सरूवा अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठको सरूवा भएको छ। उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत् थिए।
मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीको सरूवा भएको छ। मोरङमा कार्यरत् सन्तोष खड्काको प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा सरूवा भएको छ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका रमेश थापाको कास्की सरूवा भएको छ। महेन्द्र श्रेष्ठको इलाम सरूवा भएको छ।
प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीमा सञ्जयसिंह थापाको सरूवा भएको छ।
कैलालीमा विश्व अधिकारी, बाँकेमा श्यामकृष्ण अधिकारी, अजय केसीको अख्तियार, अनुपमशमशेर राणाको प्रहरी प्रशिक्षण प्रतिष्ठान सरूवा भएको छ।
को कहाँ हेर्नुहोस्