बाल यौन दुरूपयोग मुद्दामा फैसला हुँदा छ महिना कैद र १० हजार जरिवाना सजाय तोकिए पनि फरार रहेका एक जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ।
२०७७ फागुन १२ मा जिल्ला अदालत रामेछापबाट फैसला भए पनि अभियुक्त रामेछापस्थित मन्थली नगरपालिका वडा नम्बर १२ गेलुका २३ वर्षीय सुरज भुजेलललाई प्रहरीले पक्राउ गरेको छ।
घरमा आएको सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको छ। १७ वर्षकी बालिकालाई बाल यौन दुरूपयोग गरेको आरोप उनीमाथि थियो।
पक्राउ परेका उनलाई आज नै अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले बताए।