सिमराबाट काठमाडौं आउँदै गरेको मालबाहक ट्रक त्रिशुली नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लु१ख ६०५० नम्बरको ट्रक अपराह्न ५ बजे मुग्लिन-नारायणगढ सडकबाट त्रिशुली नदीमा खसेको हो।
सनफ्लो नामको तेल बोकेर काठमाडौं गइरहेको ट्रक जलबीरेनजिक त्रिशुली नदीमा खसेको चितवनका प्रहरी उपरीक्षक ओम अधिकारीले बताए।
ट्रकको अधिकांश भाग पानीमा डुबेको छ। ट्रकमा सवार कति जना थिए भन्ने यकिन भएको छैन र उनीहरूको अवस्था अज्ञात छ।
घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको अधिकारीले बताए।