नारायणगढ-मुग्लिन सडक खण्डमा स्कार्पियो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
इच्छाकामना गाउँपालिका-६ स्थित तीन नम्बर पुलबाट बा १३ च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिएको थियो।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरको स्कार्पियो अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०/६० मिटर तल त्रिशूली नदीको किनारामा पुगेको थियो।
दुर्घटनामा घाइते भएका स्कार्पियोका चालकसहित ७ जना घाइतेको उद्धार गरी उपचारको लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।